एनएमबी बैंकको एफपीओ धेरै किन्नेमा सिद्धार्थ म्युचअल फण्ड, २ लाख १० हजार कित्तालाई आवेदन

  २०७५ असार २९ गते ९:२२     विकासन्युज

काठमाडौं । सिद्धार्थ म्युचअल फण्डले एनएमबी बैंकको सबै भन्दा बढी थप निष्कासन (एफपीओ) खरिदका लागि आवेदन दिएका छ ।
अन्तिम दिन बिहीबार सिद्धार्थले २ लाख १० हजार कित्ता एफपीओ खरिदका लागि आवेदन दिएको छ । बैंकले १५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेपछि सिद्धार्थले लोभिएर एफपीओ खरिद गरेको हो । एफपीओमा सिद्धार्थले ६ करोड ९९ लाख ३० हजार रुपैयाँ लगानी गरेको छ ।

यस्तै ग्लोबल आईएमई समृद्धि फण्डले १ लाख ५० हजार कित्ता एफपीओका लागि आवेदन दिएको निष्कासन तथा बिक्री प्रवन्धक नागरिक लगानी कोषले जनाएको छ । संस्थागत लगानीकर्ताले १ लाख कित्ताका हारहारीमा आवेदन दिएका छन् ।

बैंकले १५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको भोलिपल्ट संस्थागत र व्यक्तिगत रुपैयाँ आवेदन पर्दा सबै खरिद भएको कोषका सेयर शाखा प्रमुख रोशनजंग कार्कीले बताए । पुरै खरिद भएपछि आवेदन लिन बन्द गरिएको उनले जानकारी दिए । कार्कीकाअनुसार बिहीबार साँझ ८ बजेसम्म ३ अर्ब ९१ करोड ६७ लाख ७५ हजार ९७० रुपैयाँका लागि आवेदन परेको थियो । बैंकको १ करोड १७ लाख ६२ हजार १९० कित्ता एफपीओ बिक्री भएको कार्कीले जानकारी दिए ।

माग भन्दा बढी आवेदन परेपनिे केही आवेदन अस्विकृत हुने भएकाले तथ्याँक घट्न सक्ने संभावना छ । बैंकले चुत्तापुँजी बढाउन प्रतिकित्ता ३३३ रुपैयाँमा १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ निष्कासन गरेको हो । एफपीओ बिक्रीबाट बैंकले ३ अर्ब ८० करोड १२ लाख रुपैयाँ संकलन गर्नेछ । बुधबारसम्म ७७ हजार आवेदकबाट २ अर्ब ७७ करोड रुपैयाँ बरारबको एफपीओका लागि आवेदन परेको थियो ।

बैंकले एफपीओमा लगानी गर्नेलाई पनि १५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेपछि यसको असर एफपीओमा परेको हो । बैंकको मंगलबार बसेको ३५९ औं सञ्चालक समिति बैठकले एफपीओ बाँडफाँडपछि चुत्तापुँजी अर्थात ७ अर्ब ६० करोड ३२ लाख ९० हजार रुपैयाँ पुग्ने र सोको १५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । एफपीओका लगानीकर्ताले समेत बोनस सेयर पाउने भएपछि बैंकको चुत्तापुँजी बढेर ८ अर्ब ७४ करोड ३७ लाख रुपैयाँ पुग्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.