गण्डकी विकास बैंकका ग्राहकहरुले ग्राण्डी इन्टरनेशनल हस्पिटलबाट छुट पाउने

  २०७५ असार २८ गते १८:४०     विकासन्युज

काठमाडौं । गण्डकी विकास बैंकका ग्राहकहरुले काठमाडौं स्थित ग्राण्डी इन्टरनेशनल हस्पिटलको उपचार र्खचमा छुट पाउने भएका छन् । बिहीबार गण्डकी विकास बैंक र ग्राण्डी इन्टरनेशनल हस्पिटलबीच ग्राहकहरुलाई अस्पतालको विभिन्न उपचार सेवामा छुट दिने सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा गण्डकी विकास बैंकको तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समिर शेखर बज्राचार्य र ग्राण्डी विकास बैकको तर्फबाट मार्केटिङ्ग विजनेश डेभलपमेन्ट विभाग प्रमुख प्रतिक तिवारीले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार बैंकका एटीएम होल्डर ग्राहकहरुले भ्यालिड एटीएम कार्ड लिई गएमा निज र निजको परिवारको उपचार खर्चमा तोकिए बमोजिमको छुट प्राप्त गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.