सिटिजन्स बैंकका ग्राहकलाई किष्ट मेडिकल कलेजको सेवामा विशेष छुट

  २०७५ असार २८ गते १६:५८     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र इमाडोलस्थित किष्ट मेडिकल कलेज शिक्षण अस्पतालबीच उपचार सेवामा छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । बैंकका प्रमुख संचालन अधिकृत पारसकुमार काफ्ले र अस्पतालका कार्यकारी अध्यक्ष आशिष थापाले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।


यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट/क्रेडिट कार्ड बाेक्ने कर्मचारीहरुले किष्ट मेडिकल कलेज शिक्षण अस्पताल (किष्ट हस्पिटल) मा उपचार गराउँदा विशेष छुट पाउँनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

हाल बैंकले ७४ वटा शाखा, ७० वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.