सिटी एक्सप्रेस फाइनान्स र नयाँ नेपाल लघुवित्तले पाए हकप्रद निष्कासनको अनुमति

  २०७५ असार २७ गते १९:५३     विकासन्युज

काठमाडौं । सिटी एक्सप्रेस फाइनान्स लिमिटेड र नयाँ नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएका छन् ।

धितोपत्र बोर्डले सिटी र नयाँ नेपाललाई चुत्तापुँजी बढाउन हकप्रद सेयर निष्कासनको अनुमति दिएको हो । सिटीले २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता र नयाँ नेपालले ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.