५० करोड कर्जा लिने ऋणीले क्रेडिट रेटिङ गर्नुपर्ने

  २०७५ असार २७ गते १७:३९     विकासन्युज

काठमाडौं । आगामी आर्थिक वर्ष २०७५/७६ देखि ठुला ऋणीले क्रेडिट रेटिङ एजेन्सीबाट रेटिङ गराउनु पर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ५० करोड रुपैयाँ वा सो भन्दा बढी कर्जा उपयोग गर्ने ऋणीलाई कर्जा प्रवाह वा नविकरण गर्दा उसको रेटिङलाई मूल्याँकनको आधार मानिने व्यवस्था गरेको छ ।

यस्तै वार्षिक रुपमा सबै वाणिज्य बैंकहरूले राष्ट्रिय वा अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ्ग एजेन्सीबाट आफ्नो रेटिङ्ग गर्नुपर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.