ग्लोबल सेपर्सद्धारा बुढानिलकण्ठको स्कुललाई नयाँ भवन हस्तान्तरण

  २०७५ असार २४ गते १७:४६     विकासन्युज

काठमाडौं । ग्लोबल सेपर्सले बुढानिलकण्ठको गणेश सेकेण्डरी स्कुललाई नयाँ निर्माण गरिएको भवन हस्तान्तरण गरेको छ ।

गोरखामा आएको भुकम्पपछि ग्लोबल सेपर्सले भुकम्पबाट प्रभावित विद्यार्थीहरुका लागि उक्त स्कुलको भवन स्थायी रुपमा बनाउने योजना बनाएका थिए । गोरखामा आएको भुकम्पले श्री गणेश सेकेण्डरी स्कुलको भवनमा धेरै क्षति पुर्याएको थियो । ग्लोबल सेपर्सले स्कुल भवनको सुरक्षालाई ध्यानमा राखी नयाँ र आधुनिक सुबिधाका साथ उक्त भवनको निर्माण गरेको छ ।

उक्त स्कुलको भवन निर्माणको लागि ग्लोबल सेपर्सले रिलायन्स ग्रुप नेपाल, एमसी ग्रुप कतार एयरवेज, एनआईसी एसिया बैंक र एनआईबिएल बैंक जस्ता विभिन्न संस्थाहरु बाट सहयोग लिएका थिए । भवन निर्माणको लागि अनलाईन क्याम्पियनबाट ठूलो धनराशील यूएसडी १५०,००० उठेको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.