बाबुराम भट्टराईको प्रस्तावः नेपाली सेना हटाएर स्वयं सेवक दस्ता

  २०७५ असार २० गते १२:३२     विकासन्युज

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले नियमित सेना हटाउनु पर्ने तर्क अघि सारेका छन् ।
सेवा कालिन उप सचिवहरुलाई तालिम दिन तयार पारिएको नेपालको विकास र समृद्धिको मार्ग चित्र नामको प्रस्तृति मार्फत डा. भट्टराईले पूर्ण कालिन सेना हटाएर स्वयं सेनी सैन्य दस्ता राख्नुपर्ने धारणा राखेका हुन् । उनले १८ बर्ष उमेर पुगेका सबै नेपाली नागरिकलाई अनिवार्य सैन्य तालिम दिनुपर्ने एजेण्डा पनि पुनः दोहोर्याएका छन् ।

तत्कालिन माओवाली शान्ति प्रक्रियामा आए लगत्तै उनीहरुले १८ बर्ष उमेर पुगेका सबै नागरिकलाई अनिवार्य सैन्य तालिम दिनुपर्ने एजेण्डा उठाएका थिए । डा. भट्टराईले चीन र भारतसँग गैर– सन्धि गर्नुपर्ने तथा दुबै तर्फका खुल्ला सिमानाहरु व्यवस्थित गर्नुपर्ने पनि बताएका छन् । त्यस बाहेक नेपाललाई संयुक्त राष्ट्र संघको रोहवरमा शान्ति क्षेत्र घोषणा गर्नुपर्ने माग पनि अघि सारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.