विवादित पाठ्यक्रमको परिक्षण गर्नु ग्राउन्डेड  विमानको परिक्षण उडान गर्न खोज्नु जस्तै हो

  २०७५ असार १७ गते १५:२५     विकासन्युज

काठमाडौँ । नेपाल गणित समाजले त्रुटिपूर्ण पाठ्यक्रमको प्रस्तावित प्रारुपलाई परिमार्रजन पश्चात मात्र कार्यन्वयनमा लैजान माग गरेको छ ।

यो नै वैज्ञानिक प्रक्रिया हो । विवादित तथा त्रुटिपूर्ण पाठ्यक्रमको परिक्षण गर्नु “ग्राउन्डेड भएको विमानको परिक्षण उडान गर्न खोज्नु” जस्तै भएको गणित समाजले भनेको छ ।

समाजका अध्ययक्ष प्रा.डा टंकप्रसाद धमालाले भने २०७५ जेठ १८ गते शिक्षामन्त्रीको अध्यक्षतामा बसेको बैठकले पारित गरेको भनि प्रकाशमा आएको थियो । विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७५ को गणित समाज लागायत विभिन्न तह र तप्का बाट भएको विरोधलाई सरकारले सकारात्मक रुपमा लिएरको छ । यसले परिक्षणको रुपमा मात्र लागू गर्ने गरी हाललाई छलफलमा लैजाने निर्णयमा पुगेको जस्तो लागेको छ ।

नेपाल गणित समाजका सचिव डा. कन्हैया झाले भने विद्यार्थीहरुको भविश्यमा दुर्घटना निम्त्याउने अवश्यभावी छ । विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप प्रकाशमा नल्याई नै पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रम निर्माणको लागि विज्ञहरुलाई खटाईरहेको छ । गणित विषयका विज्ञहरुलाई समेत वोलावट भएकोमा हामीलाई आश्र्चय लागेको छ । नेपाल गणित समाजले यस प्रारुपमा भएका गम्भिर त्रुटिहरु तथा परिमार्जन गर्नु पर्ने पक्षहरुलाई समेत प्रष्टरुपमा लिपिवद्ध गर्न लागि परेको छ ।

प्रधानमन्त्रीको कार्यलय, शिक्षा मन्त्रालय तथा पाठ्यक्रम विकास केन्द्रलाई समेत ध्यान आर्कषण गरिसकेको छौँ । सो अनुरुपको प्रगति के भयो ? जीव विज्ञानका विद्यार्थीहरुले गणित पढ्न पाउने व्यवस्था भयो भएन ? पाठ्यक्रमको प्रारुपमा प्रायोगिक गणितको स्थान कहाँ रह्यो ?

२१ औं शताब्दीको पाठ्यक्रम विज्ञान प्रविधि मैत्रि हुनु पर्ने हाम्रो माग अब राष्ट्रिय आवाज बन्न पुगेको छ । यसलाई प्रारुपमा कसरी सम्बोधन गरिएको छ ? यी प्रश्नहरुको जवाफ भनेको राष्ट्रिय पाठ्यक्रमको प्रारुप प्रकाशमा ल्यएर मात्र पाउन सकिन्छ ।
तर्सथ प्रारुपनै प्रकाशमा नल्याई पाठ्यक्रमको निर्माणको औचित्य नहुने कुरामा हामी प्रष्ट छौं ।

नेपाल गणित समाजले पेश गरेका सुझावहरु समेटिएको पाठ्यक्रमको प्रारुप अनुरुपको पाठ्यक्रम निर्माणमा संलग्न हुनुमात्र गणित समाजको भावी पुस्ताको भविश्य प्रतिको जिम्मेवारी तथा दायित्ववोध हुनेछ । अतः हामी विज्ञान, प्रविधि र गणित विरोधि पाठ्यक्रम निर्माणमा सहभागी नहुने कुरामा दृढ रहदै पाठ्यक्रम निर्माणको यो हचुवा प्रवृत्तिको जोडदार भत्र्सना गर्दछौं ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.