मेगा बैंकको सबैभन्दा बढी सेयर कारोबार, यस्तो छ कारण

  २०७५ असार १६ गते १८:१३     विकासन्युज

काठमाडौँ । यस साता मेगा बैंकको सेयर सबैभन्दा बढी कारोबार भएको छ । बैंकले हालसालै १०.७५ प्रतिशत बोनस सेयर घोषणा गरेपछि कारोबार बढेको हो । यस्तै बैंकको सेयर मूल्य पनि सस्तो भएकाले लगानीकर्ताले बढी खरिद गरेका हुन् ।

सो बैंकको ४ करोड १५ लाख ४० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै कारोबार भएको सेयर संख्याका आधारमा पनि सोही बैंक नै अग्रस्थानमा रहेको छ ।सो बैंकको २ लाख ३६ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । धितोपत्र बजारमा यस साता कूल १८६ कम्पनीको १ अर्ब ४ करोड १६ लाख २३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्जकाअनुसार ३६ लाख ७९ हजार ६०० कित्ता शेयर यस साता खरिद बिक्री भएको हो । कारोबार रकम गत साताको भन्दा ७.२५ प्रतिशत कम हो । गत साता १९० कम्पनीको ४९ लाख ६१ हजार ११० कित्ता सेयर १ अर्ब १२ करोड ३१ लाख १ हजार रुपैयाँ बराबरका खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २१.२७ अंकले घटेर अन्तिम दिन ११९८.५४ अंकमा पुगेको छ । रासस

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.