घलेम्दी हाइड्रोको आईपीओ असार २२ देखि, २७५० कित्तासम्म आवेदन दिन पाइने

  २०७५ असार १४ गते ८:०४     विकासन्युज

काठमाडौं । घलेम्दी हाईड्रो लिमिटेडले असार २२ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दालाई १० प्रतिशत अर्थात ५ करोड ५० लाख रुपैयाँ बराबरको ५ लाख ५० हजार कित्ता आईपीओ निष्कास गर्न लागेको हो ।

आईपीओ निष्कासन छिटोमा साउन ४ र ढिलोमा साउन २० गते हुने निष्कासन तथा बिक्री प्रवन्धक भिवोर क्यापिटल लिमिटेडले जनाएको छ । कम्पनीले निर्माण गरिरहेको ५ मेगावाटको घलेम्दी आयोजनाबाट आउदो असोज १५ देखि बिजुली उत्पादन गर्ने लक्ष्य लिइएको छ । पहिलो चरणमा म्याग्दी जिल्लाको अन्नपुर्ण गाउँपालिकाका स्थानीयबासिन्दाले आईपीओ भर्न पाउने छन् । न्युनतम ५० देखि अधिकतम २ हजार ७५० कित्तासम्म आईपीओ भर्न पाउने भिवोरले जनाएको छ ।

आईपीओलाई इक्रा नेपालले ग्रेड फोरको मान्यता दिएको छ । आयोजनाको अनुमानित लागत ९४ करोड रुपैयाँ छ । प्रतिमेगावाट लागत १८ करोड ८० लाख रुपैयाँ पर्ने कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । आयोजनाले ८ वर्षसम्म कर्जा चुत्ता गर्नेछ ।

आयोजनामा संस्थापकको ७० प्रतिशत अर्थात ३८ करोड ५० लाख, आयोजना प्रभावित स्थानीयबासिन्दाको १० प्रतिशत अर्थात ५ करोड ५० लाख र सर्वसाधारणको २० प्रतिशत अर्थात ११ करोड रुपैयाँ लगानी हुने छ । जसअनुसार संस्थापकको ७० र सर्वसाधारणको ३० प्रतिशत स्वामित्व हुने गरि लगानी संरचना तयार पारिएको छ । चुक्तापुँजी ५५ करोड रुपैयाँ छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.