सिटिजन्स बैंक र नर्भिक हस्पिटलबीच उपचारमा छुट दिने सम्झौता

  २०७५ असार १२ गते १६:१५     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र थापाथलीको नर्भिक इन्टरनेसनल हस्पिटलबीच ग्राहकलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिने सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा बैंककातर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत गणेश राजपोखरेल तथा अस्पतालका तर्फबाट कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले हस्ताक्षर गरेका छन् ।

यस सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक तथा कर्मचारीहरुले नर्भिक हस्पिटलमा उपचार गराउँदा विशेष छुट पाउँनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.