प्रिमियममा आइपीओ निष्काशन गर्न लागेको शिवम् सिमेन्टको ९ महिनाको नाफा ९३ करोड ६६ लाख

  २०७५ असार ११ गते १८:०१     विकासन्युज

काठमाडौं । प्रिमियम मूल्यमा आइपीओ निष्काशन गर्ने अनुमति पाएको शिवम् सिमेन्ट्ले ९ महिनामा ९३ करोड ६६ लाख रुपैंयाँ नाफा गर्न सफल भएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार २०७४ चैत मसान्त अवधीमा सो मात्रामा नाफा कमाउन सफल भएको हो । २०७४ असारमा शिवम्को नाफा ८१ करोड १३ लाख रुपैंयाँ रहेको थियो ।  वित्तिय विवरण हेर्न यहाँ क्लिक गर्नुहोस

कम्पनीले ९ महिनामा २ अर्ब ५२ करोड ४४ लाख रुपैंयाँ सञ्चालन मुनाफा आर्जन गरेको देखिन्छ । बोनस र कर अघिको नाफा भने १ अर्ब १९ करोड ८२ लाख रुपैंयाँ रहेको छ । शिवम् सिमेन्ट्स लिमिटेडको चुक्ता पूँजी भने ३ अर्ब ८७ करोड २० लाख रुपैंयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा २ अर्ब १६ करोड रुपैंयाँ रहेको छ ।

शिवम् सिमेन्टले प्रीमीयम मूल्यमा आईपीओ निष्काशन गर्ने अनुमति पाईसकेको छ । नेपाल धितोपत्र बोर्डले उद्योग प्रभावित क्षेत्रका बासिन्दालाई प्रति कित्ता ३ सय रुपैंयाँ र सर्वसाधारणका लागि ४ सय रुपैंयामा आइपीओ निष्काशन गर्ने अनुमति दिएको हो । बोर्डका प्रवक्ता निरज गिरीले उद्योग प्रभावित क्षेत्रका बासिन्दालाई एक सय रुपैंयाँ सहुलियतमा आइपीओ निष्काशन गर्ने उद्योगको प्रस्तावलाई बोर्डले स्वीकार गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.