आत्मनिर्भर बन्ने बाटो खोज्न प्रधानमन्त्री ओली चीन भ्रमणमा

  २०७५ असार ५ गते १०:१९     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी ओली पाँच दिने चीन भ्रमणमा निस्किएका छन् । ११९ जना प्रतिनिधी मण्डलको नेतृत्व गर्दै ओली चीन भ्रमणमा निस्किएका हुन् । ओलीले चीन भ्रमणका क्रममा आधा दर्जन नाका सञ्चालन, रेलको डीपीआर निर्माण, ट्रान्समिसन लाइन निर्माण, व्यापार तथा पारवाहन सन्धि, व्यापारमा विविधिकरण लगायतका सहमति गर्नेछन् ।

प्रधानमन्त्री ओलीले चीनको महत्वकांक्षी योजना बेल्ड एण्ड रोड इनिसियटिभ(बिआरआई)का लागि आफ्ना पूर्वाधार योजनाहरु पनि पेश गर्नेछन् । चिनियाँ नाका जोड्ने पाँच वटा सडक, केरुङ–काठमाडौं रेलमार्ग, ट्रान्समिसन लाइन निर्माण, केहि जलविद्युत आयोजनाको निर्माण लगायतका योजनालाई बिआरआईमा राख्न प्रस्ताव गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.