दलालबाट होइन सरकारसँगै किन्नुस् घडेरी, पेप्सीकोला नजिकै पाइन्छ १६ लाखमा एक आना

  २०७५ जेठ २४ गते १२:२८     खेमराज श्रेष्ठ

काठमाडौं । तपाई राजधानीमा घडेरी किन्दै हुनुहुन्छ ? राम्रो घडेरी नपाएर किन्न पाउनु भएको छैन ? घडेरी किन्न दलालको चंगुलमा फस्नु भएको छ ? अब चिन्ता नलिनुस मनोहरा जग्गा एकिकरण आयोजनाले न्युनतम १६ लाखदेखि २४ लाख रुपैयाँमा तपाईले चाहेको जस्तै घडेरी बिक्री खुला गरेको छ ।

आयोजनाले सरकारी दरमै घडेरी बिक्री खुला गरेको हो । घडेरी किन्न चाहानेले ३५ दिनभित्र बोलपत्र पेश गर्नुपर्ने छ । कुल कवोल अंकको १० प्रतिशत रकम बैंकमा जम्मा गर्नुपर्ने आयोजनाले जनाएको छ । आयोजनाले काठमाडौं महानगरपालिका वडा नम्बर ३२ अन्तर्गत पर्ने ४४ आनाको १४ वटा घडेरीहरु बिक्री गर्न लागेको हो ।

बिक्री गर्न लागेको १४ कित्ता घडेरीमध्ये सबैभन्दा महंगो दक्षिण पश्चिम मोहडा फर्किएकोे प्लट नं ४६ रहको छ । २.९७९ आना रहेको सो घडेरीको न्युनतम मूल्य २४ लाख २१ हजार तोकेको छ । यस्तै सबैभन्दा सस्तो प्लट नम्बर १०९ र १०८ को न्युनतम मुल्य १६ लाख ८ हजार रहको छ ।

आयोजनाले काठमाडौं र भक्तपुरमा पर्ने २ हजार २०० रोपनीलाई प्लानिङ गरी घडेरीहरु बिक्री गर्न लागेको हो । यसैगरी प्लट नम्बर २२, २७, २९, ३२, ३६, ४४, ४५, को न्युनतम मूल्य १८ लाख २३ हजार प्रतिआना तोकेको छ । यस्तै प्लट नम्बर ५० र १०७ को २२ लाख ५२ हजार, प्लट नम्बर २९ र ११५ को न्युनतम मूल्य १९ लाख ३२ हजार तोकेको छ ।१४ वटा घडेरीहरु टेण्डर प्रक्रियाबाट बेच्न लागिएको आयोजना प्रमुख नारायण भट्टराईले बताए ।

उनका अनुसार घडेरी व्यक्ति, संस्था जो कोहिले किन्न सक्नेछन् । घडेरी खरिद गर्नका लागि ग्राहकले पहिले नै न्युनतम रकमको १० प्रतिशत रकम बुझाउने पर्नेछ । बैंकमा रकम बुझाएपछि आफुले घडेरीलाई तिर्न सक्ने जति रकम कवोल गरी टेण्डर प्रक्रियामा भाग लिनु पर्नेछ ।

बिक्री गर्न लागिएका सबै घडेरीहरु व्यक्तिको रहेको आयोजना प्रमुख भट्टराइले जानकारी दिए । यसरी बेचिने घडेरीहरुमा ग्राभेल सडक, नदि नियन्त्रण, ढल व्यवस्थापन लगायतको सुविधा हुनेछ ।

आयोजनाका अनुसार घडेरी बिक्री भएको ४ प्रतिशत रकम सोहि प्लानिङको पुर्वाधारमा खर्च गरीनेछ । आयोजनाले विभिन्न स्थानका २ हजार २०० सय रोपनी जग्गााई विकास गरी बेच्दै आइरहको छ ।

यसैगरी राष्ट्रिय आवास कम्पनी लिमिटेडले पनि काभ्रेको धुलिखेल लगायत देशका विभिन्न ठाँउमा जग्गा विकास गरी बिक्री वितरण गर्दै आइरहेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले घरजग्गा कारोबारलाई अब मान्यता प्राप्त संस्थाबाट मात्रै कारोबार गर्न पाइने व्यवस्था गरेपछि सरकारी संस्थाबाट कारोबार सुरु भएको हाे । घरजग्गा कारोबार राष्ट्रिय आवास कम्पनी, मनोहरा जग्गा एकिकरण आयोजना, चमती जग्गा एकिकरण आयोजनाले सुरु गरेको हो ।

यो पनि हेर्नुहोस

जग्गा दलालकाे व्यापार सरकारले खाेस्याे, अब कम्पनीबाट मात्र काराेबार हुने

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.