सेयर कारोबार नगर्न ब्रोकरलाई लगानीकर्ताको दवाव

  २०७५ जेठ २२ गते १०:४१     विकासन्युज

काठमाडौं । सरकारले बोनस सेयर र हकप्रद सेयरमा लगाएको लाभकर नहटाएसम्म कारोबार नगर्ने लगानीकर्ताले ब्रोकरलाई दवाव दिएका छन् । सेयर लगानीकर्ता संघलगायत अन्य लगानीकर्ताका संस्थाले सेयर कारोबार नगर्ने दवाव दिएका हुन् ।

लाभकरको निर्णय फिर्ता नभएसम्म सेयर कारोबार नगर्ने ब्रोकरलाई अनुरोध गरिएको सेयर लगानीकर्ता संघका उपाध्यक्ष ताराप्रसाद फुलेलले बताए । “सबै ब्रोकर कम्पनीलाई सेयर कारोबार नगर्न भनेका छौ” उनले भने “हेरौ उहाँहरुले कतिको सहयोग गर्नुहुन्छ ?”

यस्तै स्टक ब्रोकर एसोसियसनका पुर्वअध्यक्ष तथा कालिका सेक्युरिटिजका प्रवन्ध सञ्चालक नरेन्द्र सिजापतिले लगानीकर्ताबाट कारोबार रोक्न औपचारिक पत्र नपाएको बताए । उनले सामाजिक सञ्चालबाट मात्र यस्तो जानकारी पाएको बताए ।

विकास न्युजसंग कुरा गर्दै सिजापतिले भने “लगानीकर्ताले किनबेचको आदेश दिएपछि कारोबार गर्नुपर्छ नत्र भने नियामक निकायले कार्वाही गर्ने छ ।” कसैले किन्न र बेच्न आदेश दिएन भने कारोबार स्वत बन्द हुने उनको भनाई छ ।

आइतबारदेखि लाभकर लागु भएको विरुद्धमा लगानीकर्ताहरुले सोमबार सेयर कारोबार बन्द गर्न अनुरोध गरेका थिए । सोमबार ४३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । नियामक धितोपत्र बोर्डका सहायक प्रवत्ता निरन्जय घिमिरेले यस विषयमा अहिले नबोल्ने भन्दै पन्छिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.