चीनले फेरी बनायो प्रतिघण्टा ३५० किलोमिटर कुद्ने बुलेट ट्रेन, नेपालमा कहिले ?

  २०७५ जेठ २१ गते १०:३८     विकासन्युज

काठमाडौं । चीनले प्रतिघण्टा ३५० किलोमिटर कुद्ने नयाँ बुलेट ट्रेनको निर्माण सम्पन्न गरेको छ । आगामी जुलार्ई १ तारिखदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको बुलेट ट्रेनले चीनको राजधानी बेइजिङ र व्यापारिक शहर सांघाईलाई द्रुतगतिमा जोड्नेछ । बुलेट ट्रेनले एक पटक ११ सय यात्रुलाई बोक्ने क्षमता राख्छ भने १६ वटा डब्बाहरु रहेका छन् ।

यो ट्रेनले अघिल्ला रेलहरुको तुलनामा ध्वनी प्रदुषण समेत न्युन मात्रामा गर्नेछ । यसले आगामी ३० बर्षसम्म निर्वाध रुपमा सेवा प्रवाह गर्न सक्ने चिनियाँ अधिकारीहरुले बताएका छन् । चीनले बेइजिङ र सांघाई जोड्ने बुलेट ट्रेनलाई फुजिङ नामाकरण गरेको छ । यसले दैनिक रुपमा सांघाई र बेइजिङको सेवा प्रवाह गर्नेछ ।

जुलाई १ तारिख देखि सञ्चालनमा ल्याउने तयारी भैरहेको बुलेट ट्रेनले बेइजिङ र सांघाईको यात्रा ४ घण्टा ४५ मिनेटमा छोट्याउनेछ । ९ वटा स्टेशन पार गरेर एक अर्काे शहरसँग जोडिँदा ५३३ देखि १७४८ युआनसम्म भाडा लाग्नेछ । यो ट्रेनको सफल परिक्षण समेत भैसकको छ । यसलाई इन्धन बचत गर्ने, लामो समय सेवा दिन सक्ने, न्युन प्रदुषण गर्ने र सुरक्षित प्रबिधीका रुपमा लिईएको छ । चीनसँग २२ हजार किलोमिटर लामो उच्चगतिको रेलवे नेटवर्क रहेको छ, जुन विश्वको ६० प्रतिशत हुन आउँछ ।

नेपालमा पनि चीनले केरुङ–रसुवागढी–काठमाडौं हुँदै पोखरा लुम्बिनीसम्म विस्तार गर्ने योजना बनाएको छ । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा केरुङ–काठमाडौं रेलमार्ग निर्माण सम्बन्धी सम्झौता गर्ने तयारी भैरहेको छ । भर्खरै मात्र चिनियाँ प्राबिधिकहरुले सो रेलमार्ग सम्बन्धी स्थलगत प्राबिधिक अध्ययन गरेको थियो । आगामी अगष्ट महिनामा प्रारम्भिक अध्ययन प्रतिवेदन तयार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.