यो वर्ष १०३ कम्पनीले लगानीकर्तालाई बाँडे ३२ अर्ब ६ करोड बोनस सेयर, हेर्नुस कसको कति सुचीसहित

  २०७५ जेठ २१ गते ९:००     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्चेन्ज लिमिटेड (नेप्से) मा सुचिकृत मध्ये हालसम्म १०३ कम्पनीले लगानीकर्तालाई बोनस सेयर वितरण गरेका छन् । लगानीकर्ताले ३२ अर्ब ६ करोड ४४ लाख रुपैयाँ बराबरको ३२ करोड ६ लाख ४४ हजार कित्ता बोनस सेयर पाएका छन् ।

बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले चुक्तापुँजी बढाउन अघिल्लो वर्ष गरेको नाफाबाट लगानीकर्तालाई बोनस सेयर वितरण गरेका हुन् ।

यस्तै जलविद्युत, उत्पादनमुलक, होटललगायत वर्गका कम्पनीले पनि लगानीकर्तालाई बोनस सेयर वितरण गरेका छन् । यद्यपी लगानीकर्तालाई बोनस सेयर दिनेमा अधिकाँश बैंक तथा वित्तीय संस्था रहेका छन् । यो वर्ष नगद लाभांश दिने कम्पनीको संख्या न्युन छ । बोनस सेयर हेर्न यहाँ क्लिक गर्नुस

सबै कम्पनीको बोनस सेयर कारोबारका लागि नेप्सेमा सुचिकृत भइसकेका छन् । अझै केही बैंक तथा वित्तीय संस्थाको वार्षिक साधारणसभा नभएकाले लगानीकर्ताले बोनस सेयर भने पाएका छैनन् । सिभिल बैंक, एनएमबी बैंक, नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंक र प्रभु बैंकका लगानीकर्ताले लाभांश पाएका छ्रैनन् । लगायत धेरै कम्पनीले बोनस सेयर घोषणा गर्न बाँकी छ ।

सबैभन्दा बढी बोनस दिनेमा राष्ट्रिय बीमा कम्पनी लिमिटेड रहेको छ । राष्ट्रिय बीमाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ११४ प्रतिशतसम्म बोनस सेयर वितरण गरेको छ ।

यस्तै स्ट्याण्डर्ड चाटर्ड बैंकले १००, कालिका माइक्रोक्रेडिट वित्तीय संस्थाले ६५, नागवेली लघुवित्त वित्तीय संस्थाले ४५, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ४२ प्रतिशत रहेको धितोपत्र बोर्डले जनाएको छ ।

अझै कतिपय कम्पनीको बोनस सेयर वितरण गर्न बाँकी रहेकाले थप हुने बोर्डले जानकारी दिएको छ । धेरै लाभांश दिनेमा अधिकाँश माइक्रोफाइनान्स रहेका छन् । बैंक तथा वित्तीय संस्थाको न्युन रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.