खतिवडाले व्यवसायीलाई भने : धेरै कर तिरेर सहयोग गर्नुस्, अर्थमन्त्रीले लगाउलान् त प्रगतिशिल कर ?

  २०७५ जेठ १३ गते १६:३५     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले धेरै कर तिरेर सरकारलाई सहयोग गर्न अनुरोध गरेका छन् । राजश्व परामर्श समितिले आगामी आर्थिक वर्षको बजेटमा राजश्व संकलनको सुझाव प्रतिवेदन आइतबार सार्वजनिक गर्दै उनले निजी क्षेत्रलाई बढी कर तिरेर सहयोग गर्न भनेका थिए ।

उनले मुलुक संघीय प्रणालीमा गएपछि स्रोतको बढी आवश्यकता परेको भन्दै राजश्वको दर र दायरा दुबै बढाउने संकेत गरेका छन् ।

उनले प्रगतिशिल कर (प्रोगेसिभ ट्याक्स) लगाउने समेत संकेत गरेको बोर्डका एक सदस्यले बताए । “बढी आम्दानी गर्नेलाई बढी कर लगाउने उद्धेश्यका साथ प्रोगेसिभ ट्याक्स लगाउने अर्थमन्त्रीले संकेत गरेका छन् ।” ती सदस्यले भने । अहिले ठुलो स्रोत परिचालनको आवश्यकता भएको भन्दै कर संकलनमा आफनो ध्यान केन्द्रीत गर्ने जानकारी गराएका थिए ।

“अर्थमन्त्रीको मनस्थिती हेर्दा साढे ८ खर्ब रुपैयाँ भन्दा बढी कर संकलन गर्ने लक्ष्य लिने देखिएको छ” स्रोतले भन्यो । करको दर र दायरको विषयमा अझै अन्तिम रुप भने दिइएको छैन् । तर सरकार विगतमा भन्दा यो पटक राजश्व संकलनमा बढी आक्रमक हुने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.