मास्टरकार्डको मुख्य सदस्यमा सिद्धार्थ बैंक

  २०७५ जेठ ३ गते १७:४१     विकासन्युज

काठमाडौं । अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त कार्डमा आधारित भुक्तानी सेवा प्रदायक कम्पनी मास्टरकार्डले नेपालका लागि आफ्नो मुख्य सदस्यको रुपमा सिद्धार्थ बैंकलाई छनोट गरेको छ । मास्टरकार्डको मुख्य सदस्य भएसंगै अब नेपालमा मास्टरकार्ड अन्तर्गतका कार्डहरु संचालनका लागि अन्य वित्तीय संस्थाहरुले पनि सिद्धार्थ बैंकसंग आवद्ध भएर मात्र काम गर्न सक्नेछन् ।

बुधबार काठमाडौंमा मास्टर कार्ड र बैंकबीच मुख्य सदस्यता सम्बन्धी सम्झौता आदान प्रदान भएको हो । मास्टरकार्डको मुख्य सदस्य भएसंगै अब नेपालमा मास्टरकार्ड अन्तर्गतका कार्डहरु संचालनका लागि अन्य वित्तीय संस्थाहरुले पनि सिद्धार्थ बैंकसंग आवद्ध भएर मात्र काम गर्न सक्नेछन् ।

यो सदस्यता प्राप्त गरेसंगै बैंकले प्रदान गर्दै आएको कार्ड सेवा अझै विस्तारित हुनेछ र ग्राहकहरुले मास्टर कार्ड अन्तर्गतका विभिन्न डेबिट तथा क्रेडिट एवं प्रिपेड कार्डहबाट अझ बढी गुणस्तरीय र प्रभावकारी रुपमा कारोबार गर्न सक्ने बैंकको बिश्वास रहेको छ ।

बैंकले निकट भविष्यमा नै मास्टर कार्डले प्रदान गर्ने विभिन्न सेवाहरु प्रदान गर्ने उद्देश्यले मास्टर कार्ड डेबिट बजारमा ल्याउँदैछ । यस पश्चात ग्राहकहरुले बैंकको मास्टर कार्ड र माएस्ट्रो ब्राण्डको कार्ड बैंकको पीओएस टर्मिनलमामा र मास्टर कार्ड, माएस्ट्रो र साईरस ब्राण्डको कार्डहरु बैंकको एटीएमहरुमा प्रयोग गर्न सकिनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.