विदेशी मुद्रा संचिति घट्यो, ९.७ महिनाको आयात मात्र धान्ने

  २०७५ जेठ ३ गते १७:३५     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा विदेशी मुद्रा संचिती १.४ प्रतिशत घटेको छ । गत असार मसान्तमा १० खर्ब ७९ अर्ब ४३ करोड रुपैयाँ रहेको विदेशी मुद्रा सञ्चिति गत चैतमा ह्रास आई १० खर्ब ६४ अर्ब ३७ करोड रुपैयाँमा सीमित भएको छ । यसमा भारतीय मुद्राको अंश २४.७ प्रतिशत छ ।

नौ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी मुद्रा सञ्चिति ११.१ महिनाको वस्तु आयात र ९.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ । संचिती घटेका कारण वस्तु आयात महिना पनि घटेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.