२०७५ वैशाख ३१ गते १८:३५ विकासन्युज
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आजबाट औद्योगिक क्षेत्रमा हाल कायम लोडसेडिङ अन्त्य भएको घोषणा गरेकोमा नेपाल उद्योग वाणिज्य महासंघले स्वागत गरेको छ । वैशाखबाट लागू हुने गरी औद्योगिक क्षेत्रको लोडसेडिङ अन्त्य गर्ने यसअघिको घोषणा सफल रुपमा कार्यान्वयन गर्न उर्जा मन्त्री, उर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणलाई प्राप्त सफलताप्रति महासंघ खुशी व्यक्त गरेकाे छ ।
औद्योगिक क्षेत्रमा हाल गर्दै आएको दैनिक तीन घण्टासम्मको लोडसेडिङ अन्त्यको घोषणाबाट अब मुलुकभित्र उद्योग व्यवसाय विस्तार भएका उद्योग व्यवसायको निर्वाध संचालन, उत्पादन प्रवद्र्धन तथा नयाँ औद्योगिक विस्तारमा सघाउ पुग्नुका साथै समग्रमा मुलुकको आर्थिक व्यवसायिक विकास, लगानी आकर्षणमा समेत मद्दत पुग्ने महासंघले विश्वास लिएको छ ।
महासंघले नयाँ आउने उद्योगहरु र क्षमता विस्तार गर्न चाहने उद्योगधन्दाहरुका लागि आवश्यक विद्युत उनीहरुले मागेका बखत सहज रुपमा उपलव्ध गराई दिने वातावरणका लागि महासंघ, उर्जा मन्त्रालय र प्राधिकरण समक्ष आग्रह गरेको छ । साथै, प्राधिकरणले विद्युत प्रसारणमा गुणस्तरीय विद्युत प्रवाह गर्न ध्यान दिनुपर्ने महासंघको सुझाव छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.