सगरमाथा इन्स्योरेन्सको नाफा १७ करोड, ईपीएस ३१ रुपैयाँ

  २०७५ वैशाख ३१ गते १०:३६     विकासन्युज

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको ९ महिनामा नाफा बढाएको छ । कम्पनीले गत चैतसम्म १७ करोड रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा सगरमाथाले १४ करोड ३६ लाख रुपैयाँ नाफा गरेको थियो ।

स्तरिय सेवाका कारण बीमितको विश्वास हासिल गर्न सफल भएको सगरमाथाले जनाएको छ । गत चैतसम्म कम्पनीले २८ करोड १२ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा २३ करोड ७४ लाख रुपैयाँ गरेको थियो । कम्पनीको जगेडा कोषमा ३८ करोड ८३ लाख रुपैयाँ छ ।

९ महिनामा कम्पनीले १ अर्ब ३० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । गत आवको सोही अवधिमा १ अर्ब १ करोड रुपैयाँ गरेको थियो । हालसम्म ७० करोड रुपैयाँ दावी भुक्तानी गरिसकेको कम्पनीले जनाएको छ । यस्तै अझै ७१ करोड रुपैयाँ दावी भुक्तानी गर्न बाँकी छ । कम्पनीको प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ६३ पैसा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.