माधव नेपाल भन्छनः समाजलाई बुझ्ने पहिलो विद्धान कार्ल मार्क्स हुन्

  २०७५ वैशाख २३ गते ९:२३     विकासन्युज

काठमाडौँ । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सर्वहारा वर्गको क्षमता, भूमिका उजागर गर्न सक्ने महान् विद्धानका रुपमा कार्ल मार्क्सलाई बुझ्नुपर्ने बताएका छन् ।

नेकपा (एमाले) द्वारा कार्ल मार्क्सको जन्म द्विशताब्दीका सन्दर्भमा आयोजित अन्तक्र्रिया कार्यक्रममा उनले मार्क्स समाजको गहिरो अध्ययन र विश्लेषण गर्ने विश्वको पहिलो कम्युनिष्ट नेता भएको पनि बताए ।

अरु दार्शनिकले संसारका कुरामात्र गरेको भए पनि मार्क्सले जनतालाई सामाजिक न्याय उपलब्ध गराएर संसारलाई बदल्ने कुरा गरेको बताउँदै नेता नेपालले समाजमा विद्यमान गरिबी न्यूनीकरण, देशभक्ति, महिला हिंसा, छुवाछूतको अन्त्य गरी उक्त वादलाई जनतासँग एकाकार हुनेगरी कार्यान्वयन गर्न सकेमा मात्र लोकतन्त्र बलियो हुने विचार व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.