सेञ्चुरी बैंकका सिईओ गौतमले बुधबारदेखि कार्यभार सम्हाले

  २०७५ वैशाख १९ गते १५:०२     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमशिर्यल बैंकका प्रमुख कार्यकारी अधिकृत(सिईओ) तुलसीराम गौतमले बुधबारदेखि कार्यभार सम्हालेका छन् । नवनियुक्त सिईओ गौतमलाई बैंकको सञ्चालक समिति तथा का. मु. प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईले स्वागत गरेका हुन् ।

विगत ७ महिना देखि नायव भट्टराईले कायम मुकायम प्रमुख कार्यकारी अधिकृत भई कार्यभार सम्हाली बैंकलाई सफलताका साथ अगाडी बढाएका थिए ।

गौतम अनुभवी बैंकरको रुपमा परिचित व्यक्तिव हुन् । नेपाल बैंकबाट बैंकिङ्ग सेवा शुरु गरेका गौतमले उक्त बैंकमा १३ वर्ष काम गरेका थिए । त्यसपश्चात् उनले नेपाल इण्डोस्वयज बैंकमा ७ वर्ष, नेपाल एस्.बी.आई बैंकमा कर्जा प्रमुख भई १० वर्ष र माछापुच्छ्रे बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा रही ४ वर्षको कार्यकाल पूरा गरेका थिए ।

गौतमज्यूले त्रिभुवन विश्व विद्यालयबाट मार्केटिङ्ग र वित्त विषयमा स्नातकोत्तर गरेका छन् । उनको अनुभव तथा नेतृत्वमा सेञ्चुरी बैंकले नेपालको बैंकिङ्ग जगतमा विशिष्ट पहिचान बढाउँदै अगाडि बढ्ने बैंकको विश्वास रहेको छ ।

बैंकले काठमाडौं उपत्यकामा ११ शाखाहरु र ५ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ८२ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १११ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.