त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान काभ्रेमा सर्ने पक्का, ठुलीचौर की नागीडाडा ?

  २०७५ वैशाख १८ गते १५:१३     खेमराज श्रेष्ठ

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान अलग गर्न संस्कृती, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारी काभ्रे पुगेका छन् ।  काभ्रेको ठुलीचौर, चिसापानी ठुलीचौर वा नागीडाडा मध्यका एक स्थानमा विमानस्थल बनाउदाँ उपयुक्त हुन्छ भन्ने सुझाव लिन मन्त्री अधिकारी त्यहाँ पुगेका हुन् ।

एक मात्र अन्तराष्ट्रिय विमानस्थलमा विमानको चाप अधिक भएपछि आन्तरिक उडानलाई अलग गर्न लागिएको मन्त्री अधिकारीले बताएका छन् । मन्त्री अधिकारीका प्रेस सल्लाहाकार धुब्र पोखरेलका अनुसार केही दिनमै प्रस्तावित विमानस्थलको टुङो लगाउन ४ जनाको विज्ञ टोली ले सुझाव दिने र त्यसको १५ दिन भित्रैमा काम अघि बढ्ने बताए ।

काभ्रे जिल्लाको ठुली चौर चिसापानी ठुलीचौरमा विमानस्थल निर्माणको सम्भावना रहे पनि स्थानीयवासी नगरपालिकाले सहयोग नगरेको नागरिक उड्डयन प्रधिकरणका सूचना अधिकृत त्रिलोचन पौडेलले बताए ।

बनेपाको नागीडाडामा प्रारम्भिक अध्यानको प्रतिवेदन आइसकेको एरिड्रोम इन्जिनियरिङ विभागका इन्जिनियर नलविक्रम थापाले बताए । “नागीडाँडामा विमानस्थलको सम्भावना रहेको छ अहिले प्रारम्भिक चरणको अध्ययन सकिएको छ, सो स्थानमा विमानस्थल निर्माणको लागि स्थानीय वासिन्दा लगायत सबै पक्षले सहयोग गर्नु पर्छ, “थापालेविकासन्युजसँग भने ।

इन्जिनियरिङको रिपोर्टमा नागरिक उड्डयन तथा मन्त्रालयले छलफल गर्नेछ । छलफलबाट पारित भएपछि विमानस्थलको निर्माण प्रक्रिया अघि बढ्नेछ ।

नागिडाडामा १२ मिटरकाे धावनमार्ग र ३ सय मिटरकाे चाैडार्इमा फैलाउन सकिनेछ भने २५ देखि ३० वटा विमान पार्किङ गर्न सिकनेछ । याे विमानस्थल साना विमानका लागि मात्र उपुत्त हुनेछ । विमानस्थल निर्माणमा सामान्य भन्दा धेरै खर्च लाग्ने इन्जिनियरहरुले प्रारम्भिक अनुमान गरेको छ ।

नागीडाडा ठुलीचौर भन्दा उत्तम स्थल हो तर यसलाई काठमाडौंसँगको यातायात सञ्जालमा जोडिनुपर्ने अधिकृत पौडेलले बताए ।
विमानस्थल अहिले त्रिभुवन विमानस्थलमा दैनिक २१ घण्टासम्म सञ्चालनमा रहेको छ । आन्तरिक उडानले नै ६५ प्रतिशत ओगट्ने भएकोले अन्तराष्ट्रिय उडानमा समस्या पर्ने गरेको विमानस्थलका अधिकारीहरु बताउछन् ।

एक मात्र अन्तराष्ट्रिय विमानस्थल व्यस्त बन्दा जहाजहरु अवतरण गर्न १ देखि २ घण्टासम्म आकासमै होल्डिङ गर्नुपर्ने समस्या रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.