राष्ट्रिय वाणिज्य बैंकले कमायो सबैभन्दा बढी नाफा, ९ महिनामै ३ अर्ब ८ करोड

  २०७५ वैशाख १५ गते १५:२२     विकासन्युज

काठमाडौं । सरकार स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले वाणिज्य बैंकहरू मध्ये सबैभन्दा बढी नाफा कमाएको छ । बैंकले चालु आर्थिक वर्षको ९ महिनामा ३ अर्ब ८ करोड रुपैयाँ नाफा कमाएको छ । जुन रकम अघिल्लो वर्षको तुलनामा एक अर्ब रुपैयाँ बढी हो । बैंकले गत आवको सोही अवधिमा २ अर्ब ७ करोड रुपैयाँ नाफा गरेको थियो ।

बैंकले सार्वजनिक गरेको चालु आवको वित्तीय विवरणका अनुसार बैंकको ब्याज आम्दानी बढेर ८ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको खुद ब्याज आम्दानी ६ अर्ब १९ करोड रुपैयाँ रहेको छ । गत त्रैमासमा बैंकले ५ अर्ब ३२ करोड रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।

त्यस्तै, बैंकको कूल निष्क्रिय कर्जा घटेर १३५.४५, कर्जा/स्वदेशी निक्षेप तथा प्राथमिक पूँजी अनुपात (सीसीडी रेसियो) ७३.६२ र आधार ब्याजदर ६.२०० प्रतिशत रहेको छ ।

हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । बैंकको जगेडा कोषमा ४ अर्ब ९७ करोड रुपैयाँ रहेको छ । हाल कम्पनीले एक खर्ब ५३ करोड रुपैयाँ निक्षेप परिचालन गरी एक खर्ब १२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.