प्रभु बैंक लिमिटेडद्वारा कम्प्युटर हस्तान्तरण

  २०७५ वैशाख १२ गते २२:५७     विकासन्युज

काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो स्थापना कालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानमा विभिन्न सामाजिक क्रियाकलापहरुलाई निरन्तरता दिँदै आइरहेको छ ।

बुधबार एक कार्यक्रमवीच काभ्रेपलाञ्चोक जिल्लाको बनेपा स्थित चण्डेश्वरी उच्च माध्यमिक विद्यालयलाई बैंककोतर्फबाट ५ थान कम्प्युटर हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

बैंकले विभिन्न क्रियाकलापअन्तर्गत भुकम्प पिडीतहरुलाई राहत सामाग्री वितरण, अनाथ र अपाङ्ग विद्यार्थीहरुलाई छात्रवृत्ती, निःशुल्क स्वास्थ्य जाँच, आँखा शिविर, बागमती नदी सरसफाई, वृक्षारोपण लगायतका सामाजिक कार्यहरुमा प्रत्यक्ष सहभागीता जनाउँदै आएको जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.