एनएलजी इन्स्योरेन्स र कुमारी बैंकबीच बैंकासुरेन्स सम्झौता

  २०७५ वैशाख १० गते १७:१२     विकासन्युज

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी र कुमारी बैंक लिमिटेडबीच बैंकासुरेन्स सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिना तथा ईन्स्योरेन्सका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत सुनिलबल्लभ पन्तले एक कार्यक्रमका बीच हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अन्तर्गत बैंकका सम्पूर्ण ग्राहकहरुले निर्जिवन बीमा सेवा सुलभ र छरितो रुपमा बैंकको सम्पुर्ण शाखाहरुबाट उपभोग गर्न सक्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.