२०७५ वैशाख १० गते १३:१८ विकासन्युज
काठमाडौं । सोमबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा कुमारी बैंक लिमिटेडको हकप्रद सेयर सूचिकृत भएको छ । नेप्सेले कम्पनीको २० प्रतिशत हकप्रद पछिको सेयर मूल्य समायोजन गरेको हो ।
समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता २५६ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ३०३ रुपैयाँ रहेको थियो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.