युनाइेटड इन्स्योरेन्सको फायर पोलिसी फेरी रोकियो, ३० प्रतिशत बजार खोसियो

  २०७५ वैशाख ४ गते १७:५०     विकासन्युज

काठमाडौं । युनाइेटड इन्स्योरेन्स कम्पनीको फायर पोलिसी फेरी रोकिएको छ । कम्पनीको आर्थिक सुशासनमा समस्या देखिएपछि बीमा समितिले युनाइटेडको फायर पोलिसीमा रोक लगाएको हो ।

‘युनाइटेड इन्स्योरेन्सलाई चैत २९ गते पत्र लेखेर फायर पोलिसी कार्यान्वयन नगर्न भनेका हौं’, बीमा समिति श्रोतले भन्यो । युनाइटेडको फायर पोलिसीमा २०७१ सालमा पनि रोक लागेको थियो । सीजी इलोक्ट्रोनिक्सको गोदामा आगलागी हुँदा गरिएको दावी भुक्तानीका कारण युनाइटेड इन्स्योरेन्सको फायर पोलिसी माथी रोक लागेको हो । कम्पनीले वास्तविक क्षति भन्दा २४ करोड बढि दावी भुक्तानी गरेको थियो । बीमा समितिले सो रकम सीजी इलेक्ट्रोनिक्सँग फिर्ता लिन भनेको थियो ।

त्यसका विरुद्ध सीजीले तत्कालिन पुनरावेदन अदालतबाट अन्तरकालिन आदेश ल्याएको थियो । तर सोही अदालतले अन्तरकालिन आदेश खारेज गरेर बीमा समितिको निर्णय कार्यान्वयन गर्न आदेश दिँदै २०७४ साल चैत ८ गते पुर्ण पाठ पठाएको थियो । समितिले अदालतको सोही पुर्ण पाठका आधारमा बीमा समितिले फायर पोलिसी रोक्ने पुरानो निर्णय पुनः कार्यान्वयन गरेको हो ।

निर्जीबन बीमा कम्पनीहरुमा फायर पोलिसीको हिस्सा औषतमा ३० प्रतिशतको हाराहारीमा हुने गरेको छ । फायर पोलिसी रोकिएसँगै युनाइटेड इन्स्योरेन्सको प्रीमियम पनि ३० प्रतिशतकै हाराहारीमा घट्नेछ । सीजीबाट २४ करोड रुपैंयाँ असुली गरेर प्रोभिजनमा राखिएको सोही बराबरको रकम निकालेपछि फायर पोलिसीमाथीको प्रतिबन्ध पनि फुकुवा हुने बीमा समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.