रित्तिँदै राष्ट्र बैंक, एकै दिन ६७ कर्मचारी बाहिरिए, यो वर्षमात्रै १५१ ले अवकास पाउदै

  २०७५ वैशाख ४ गते १४:०२     विकासन्युज

काठमाडौं । राज्यको ढुकुटी सम्हाल्ने तथा बैंक तथा वित्तीय संस्था नियमन गर्ने नेपाल राष्ट्र बैंकबाट कर्मचारी रित्तिदैँ गएका छन् ।कर्मचारी नभएर केन्द्रिय बैंक रिक्तिनै लागेको प्रमाण हो एकै दिन ६७ जना कर्मचारीले अनिवार्य अवकास पाउनु हाे ।

अवकास पाउनु १ महिनाअघि बैशाख ४ गते मंगलबारदेखि नै ६७ जना कर्मचारी विदा वसेका छन् । उनीहरुले आउदो जेठ ४ गतैदेखि अनिवार्य अवकास पाउदैछन् । कार्यकारी निर्देशकदेखि सहायक निर्देशकले अवकास पाएका हुन् ।
३० बर्षे सेवा अवधी वा उमेर हद ५८ बर्षका आधारमा यी कर्मचारीहरुले अनिवार्य अवकास पाएका हुन् । यसरी अवकास पाउनेमध्ये अधिकांश भने ३० बर्षे सेवा अवधीका कारण बाहिरिन बाध्य भएका हुन् ।

कर्मचारी व्यस्थापनमा लोकसेवा आयोग र सरकार दुबैले असहयोग गर्दा समस्या बढेको देखिन्छ । लोक सेवा आयोगले अहिले नयाँ व्यवस्था कार्यन्वयन गर्न नमिल्ने भनेपछि राष्ट्र बैंकबाट ठुलो संख्यामा कर्मचारीले अवकास पाउन लागेका हुन् ।

प्रत्येक शाखाबाट विभिन्न समयमा गरी एउटा शाखाबाट औसत ५ जना कर्मचारीले अवकास पाउने भएका छन् । यसअघि राष्ट्र बैंक व्यवस्थापनले ३० वर्षे प्रावधानलाई हटाएर ५८ वर्षे अवकास योजनमा लोक सेवाले अस्वीकार गरेपछि त्यत्तिकै टरेको छ ।

“पहिला नै कर्मचारीको अभाव थियो र प्रभावकारी रुपमा काम गर्न सकिएको थिएन, अहिले धेरैले अवकास पाउने भएपछि हाहाकार नै भएको छ” राष्ट्र बैंकका एक अधिकारीले भने “ अब जनसरोकारका अत्यावश्यक काम बाहेक अन्य काम गर्न नसकिने अवस्थामा पुगिएको छ ।” ती अधिकारीका अनुसार बैंक सुपरीवेक्षण, नियमन र विदेशी विनिमयको अनुगमन र सुरपरीवेक्षण जस्ता काम नहुने अवस्था आएको छ ।

कर्मचारीको अभावमा विदेशी विनिमय विभागले २ वर्षदेखि बैंकले गर्ने विदेशी मुद्रा कारोबारको अनुगमन गर्न सकेको छैन् । केन्द्रीय बैंकमा हाल १ हजार ७१ जना कर्मचारी कार्यरत छन् । राष्ट्र बैंकमा सेवा अवधी ३० बर्ष वा उमेर ५८ बर्ष मध्ये जुन पहिले हुन्छ सोही आधारमा अवकास हुने व्यवस्था छ ।

एक वर्षमा १५५ जनाले अवकास पाउने केन्द्रीय बैंकले जनाएको छ । रित्तपदपूर्ति गर्न बैंकले सहायक ९६, अधिकृत ४५ र १० जना कम्प्युटर अपरेटर मागेको छ । १५१ जनाको विज्ञापन गर्दा ५६ हजारको आवेदन परेको छ । कर्मचारीको लिखित परीक्षा र अन्तरवार्ता लोकसेवा आयोगले गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.