उद्योगमन्त्री मातृका यादवले भने– अब ठूलो माछा समाइन्छ

  २०७५ वैशाख २ गते १७:३६     विकासन्युज

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले यसअघि कमजोर बजार अनुगमन भएको भन्दै अब व्यवस्थित अनुगमन गर्ने बताए ।

आइतबार सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै यसअघि अव्यवस्थित, कमजोर अनुगमन भएको जानकारी दिदै अब व्यवस्थित अनुगमन गर्ने बताए । ‘सम्बन्धित अनुगमन गर्ने विभागहरुसँगको छलफल गरी व्यवस्थित अनुगमन गर्ने निर्णयमा पुगकेका हौं,’ उनले भने ‘त्यसका लागि संशोधन गर्न पर्ने आवश्यक नियम कानूनहरु परिमार्जित गर्नेछौं ।’

अनुगमनको पहिलो प्राथमिकता ठूलो माछा हुने उनले पत्रकारहरुलाई जानकारी गराए ।

मन्त्रालयको अनुसार नयाँ योजनासहित बजार अनुगमन गरिनेछ । अब हल्ला गरेर अनुगमन हुदैन विधि प्रक्रिया पुर्याएर हुन्छ । दोष नगरेको दोषीको भागिदार हुदैन् । यदि दोष भेटिए कसैलाई नछोड्ने मन्त्री यादवको भनाइ छ ।

अनुगमन एकिकृत  हुने

उनले विगत जस्तो छुट्टाछुट्टै नभइ आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग लगायत सम्बन्धित सम्पूर्ण अनुगमनकारी निकायहरु एकिकृत रुपमा अनुगमनमा निस्कने बताए । ‘अबको अनुगमनबाट शुरुमा ठूला माछाहरुलाई समात्नेछौं,’ उनले भने ‘२/४ वटा ठूला माछा समातेपछि त्यसै बाँकी माछाहरु तर्सनेछन्, यद्यपि गडबढ गर्ने कसैलाई छोड्ने छैनौं, साना माछाकाे पनि अनुगमन हुन्छ ।’

पहिले भएका अनुगमका मुद्धाहरुलार्इ अघि बढाउने

आजभन्दाअघिका विभिन्न ठूला अस्पताल, गाडी विक्रेता ठूला कम्पनी, विद्यलयको मुद्धाको प्रक्रिया समेत अघि बढ्ने उनको भनाइ छ । त्यसकाे लागि सम्बन्धित स्वास्थ्या र शिक्षा मन्त्रलयलार्इ प्रक्रिया अघि बढाउन पत्र पठाइ सकेकाे उनकाे भनाइ छ । ‘निर्दोषलाई छोड्छाै‌, दोषिलाई छोड्ने छैनाै‌,’ उनले भने  ‘समय स्वास्थ्य,  विद्यालय लगायतकाे क्षेत्रमा बढी व्यथिति रहेकाे  छ । ’


दैनिक उपभोग्य वस्तुहरु तेल लागतयका खाद्यपदार्थहरुको अनुगमनलाई  पनि सरकारले मुख्य प्राथमिकतामा राखेकाे सुनाए ।

विगतमा अनुगमनकाे क्रममा सरकारी निकायहरुबाट समेत कमिकमजोरी भएको सुनाउदै आब त्यस्तो नहुने उनको दावी छ । उनले अनुगमनलाई व्यवस्थित पार्न आवश्यक सम्पूर्ण प्रक्रियाहरु अगाडी बढाइसकेको जानकारी दिए । ‘त्यसैअन्तर्गत मन्त्रालयलेनै दर्वन्दीमा सरकारी वकिल राख्ने भएकाे छ,’ उनले थपे ।

अनुगमनले केही समयभित्रै बजारमा गतिल्लो प्रभाव पार्ने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.