ओरेन्टल को–अपरेटिभका वचतकर्ता र अपार्टमेन्ट पीडितले पैसा फिर्ता पाउने, भुक्तानी लिन आजदेखि दावी पेश गर्नुपर्ने

  २०७५ वैशाख २ गते ७:५७     विकासन्युज

काठमाडौं । ओरेन्टेल को–अपरेटिभ लिमिटेडबाट पीडित भएका वचतकर्ता र अपार्टमेन्ट खदिकर्ताले पैसा फिर्ता पाउने भएका छन् ।आफनो पैसा फिर्ता लिनका लागि वचतकर्ता र अपार्टमेन्ट पीडितले प्रमाणसहित आज आइतबारदेखि दावी पेश गर्नुपर्ने छ ।

६ गतेसम्म दावी पेश गर्नेले मात्र रकम फिर्ता पाउने छन् । समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिले सहकारीका वचतकर्ता र अपार्टमेन्ट खरिदकर्तालाई पैसा लिन बोलाएको हो ।

समितिको कार्यालयले बैशाख २ देखि ६ गतेसम्म सहकारीका वचतकर्ता र ओरेन्टल अपार्टमेन्ट खरिदका लागि रकम भुक्तानी गरेकालाई प्रमाणसहित माग दावी पेश गर्न भनेको छ । प्रमाणका आधारमा रकम पाउने समितिको कार्यलयले जनाएको छ ।

समितिले जिल्ला समन्वय समितिको कार्यालय बिराटनगर, वीरगञ्ज, ललितपुर, भक्तपुर, पोखरा, नेपालगञ्ज, सुर्खेत, धनगढीमा प्रमाणसहित आफुले पाउनुपर्ने रकम दावी गर्न भनेको छ ।

मागदावी पेश गर्दा आफुले वचत रकमको निस्सा, सेयर सदस्यताको प्रमाणपत्र, अपार्टमेन्ट बुकिङ गर्दा बुझाएको रकमको निस्सा, धितो राखेको चलअचल सम्पत्तिको विवरण र नागरिकता संलग्न गर्नुपर्ने समितिले जानकारी दिएको छ । माग दावी पुष्टि नभए रकम नपाउने समितिले स्पष्टपारेको छ ।

गत कात्तिक २० गते ओरेन्टललाई समस्याग्रस्त सहकारी घोषणा गरी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुत्तानी गर्न सरकारले पुस २८ गते समस्या ग्रस्ता सहकारी संस्था वा संघको व्यवस्थापन समिति गठन गरी सम्पत्तिको मूल्याँकन गरेको थियो ।

समितिले ओरेन्टलको काठमाडौस्थित र देशभरी रहेका कार्यालयमा विभिन्न मितिमा जम्मा गरेको वचत रकम, संस्थाका तत्कालिन सञ्चालक सुधीर वस्नेत र सञ्चालकहरुबाट समेत सञ्चालित अपार्टमेन्ट बुकिङ गर्ने बुकिङकर्ता, सेयर सदस्य र साहु, संस्थाको विभिन्न परियोजनामा लगानी गर्ने बैंक तथा वित्तीय संस्था र संस्थाले लिनुपर्ने रकम उठाउने भएको छ ।

अपार्टमेन्ट समस्यामा परेपछि डुबेको ओरेन्टलका तत्कालिन अध्यक्ष वस्नेत अहिले जेलमा छन् । सम्पत्ति र जायजेथा बिक्री गरेर वचतकर्ता र हाउजिङ बुकिङ गर्नेको रकम फिर्ता दिन लागेको हो । वस्नेतले ५ अर्ब रुपैयाँ भन्दा बढी रकम डुवाएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.