९ कम्पनीको ३ करोड १० लाख कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत, अब कारोबार हुने

  २०७४ चैत २९ गते १२:५०     विकासन्युज

काठमाडौं । विभिन्न ९ कम्पनीको बोनस र हकप्रद सेयर कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सुचिकृत भएको छ ।

९ कम्पनीको ३ अर्ब १० करोड ४४ लाख रुपैयाँ बराबरको ३ करोड १० लाख ४४ हजार २२९ कित्ता रुपैयाँ बराबरको हकप्रद सेयर सुचिकृत भएको हो ।

जसअनुसार सनराइज बैंकको १ करोड ६ लाख ३३ हजार ७६८, जानकी फाइनान्स कम्पनी लिमिटेडको ६ लाख १५ हजार ३४६, अपी पावर कम्पनी लिमिटेडको ८ लाख ४० हजार कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत भएको हो ।

यस्तै तिनाउ डेभलपमेन्ट बैंकको ४ लाख ६० हजार ८४९, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १० लाख, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको १ लाख २० हजार ३०४ कित्ता हकप्रद, नागवेली लघुवित्त विकास बैंकको २ लाख ४० हजार, प्राइम कमर्शियल बैंकको १ करोड ७० लाख ७८ हजार ६६६ र सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड ४७ हजार २५० कित्ता बोनस सेयर सुचिकृत भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.