एभरेष्ट बैंकले सार्वजनिक गर्यो २०७५ सालको क्यालेन्डर

  २०७४ चैत २७ गते २१:४५     विकासन्युज

काडमाडौं । एभरेष्ट बैंकले २०७५ सालको आफ्नो क्यालेन्डर सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको क्यालेन्डरमा नेपाली पर्यटन र कलासंस्कृतिको प्रर्बधनमा सहयोग पुर्याउने फोटाहरु प्रयोग भएका छन् । मंगलबार सार्वजनिक भएको उक्त क्यालेन्डरको थिम ‘स्थानिय जात्रा’ रहेको जनाइएको छ ।

बैंकको केन्द्रिय कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै बैंकका अध्यक्ष बीके श्रेष्ठले उक्त क्यालेन्डरको सार्वजनिक गरेका थिए । बैंकको अनुसार संस्कृतविद सत्यमोहन जोशीले समेत क्यालेन्डर निर्माणमा सहयोग पुर्याएका थिए ।

हाल बैंकले आफ्नो अत्याधुनीक सेवासहित देशभर रहेका ८० शाखा कार्यालय, ७ एक्स्टेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर, ११३ एटीएम मेसिन र विश्वभर फैलिएर रहेका संञ्जालमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.