साेमबार बैंक अफ काठमाण्डूको १२ करोड बढीको संस्थापक सेयर कारोबार, कसले किन्यो ?

  २०७४ चैत २६ गते १५:५७     विकासन्युज

काठमाडौं । सेयर बजार घटेको दिन बैंक अफ काठमाण्डू (बीओके) लिमिटेडको ठूलो परिमाणमा संस्थापक सेयर किनबेच भएको छ ।

बीओकेको प्रतिकित्ता २१२ रुपैयाँमा ५ लाख ९७ हजार ९१४ कित्ता सेयर किनबेच भएको छ । ब्रोकर नम्बर ३५ र ५९ मार्फत बीओकेको १२ करोड २९ लाख ४१ हजार रुपैयाँको संस्थापक सेयर किनबेच भएको छ ।

हालै मात्र कर्मचारी संचय कोषले २५१ रुपैयाँमा ६१ लाख ५० हजार कित्ता संस्थापक सेयर किनेको थियो । बीओकेको संस्थापक सेयर अहिले घटेर प्रतिकित्ता २१२ रुपैयाँमा झरेको छ ।

बीओकेपछि सबैभन्दा बढी सेयर नविल बैंकको कारोबार भएको छ । नविलको प्रतिकित्ता ९९४ रुपैयाँमा ३ करोड ५६ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

सस्तो मूल्य र राम्रो प्रतिफल पाउने आशामा लगानीकर्ताले नविलको सेयर किन्न थालेका हुन् । केही सातायता नविलको सेयर बढी कारोबार हुदै आएको छ । सेयर बजार ६.८७ अंकले घटेपनि सोमबार ९४ करोड ९६ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.