एनआईसी एशिया बैंकद्वारा कर्णाली प्रदेशका ८ विद्यार्थीलाई २ लाख छात्रवृत्ति

  २०७४ चैत २३ गते १९:११     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले कर्णाली प्रदेशका ८ जना जेहेन्दार विद्यार्थीहरुलाई रू २ लाख रकम छात्रवृत्ति वितरण गरेको छ । उक्त छात्रवृत्ति विद्यार्थीहरुको आगामी दिनको अध्ययनका लागि सहजता होस् भन्ने उद्देश्यले कालिकोट जिल्लाबाट माध्यमिक शिक्षा हासिल गरी काठमाडौंमा अध्ययनरत जेहेन्दार तथा द्वन्द पीडित विद्यार्थीहरुलाई प्रदान गरिएको हो ।

बैंकले मुलुकभर फैलिएको आफ्नो १९२ वटा शाखा कार्यालयहरुमार्फत देशका विभिन्न स्थानहरुमा सामाजिक कार्यहरुमा सहयोग गर्दै आईरहेको जनाएको छ ।

बैंकले मुलुकभरका १९२ शाखा कार्यालयहरु, १९३ एटिएम, ४ वटा एक्स्टेन्सन काउन्टर एवं ४ वटा शाखारहित बैंकिङमार्पmत् सेवा प्रदान गर्दै आएको छ ।

बैंकको अनुसार बैंकको वासलातको आकार रू १५५ अर्ब भन्दा वढी र कुल कर्जा करिब रू १०६ अर्ब पुगेको छ । कुल निक्षेप करिब रू १३० अर्ब पुगीसकेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.