सेयर बजार २४ अंकले बढ्यो, लगानीकर्तामा उत्साह

  २०७४ चैत २२ गते १५:१९     विकासन्युज

काठमाडौं । बैंकिङ प्रणालीमा तरलता बढेको र विदेशबाट बैंकले ऋण लिन पाउने व्यवस्था भएपछि ब्याज दर घट्ने अनुमानका आधारमा सेयर बजार बढ्न थालेको छ ।

बिहीबार पनि सेयर बजार २४ अंकले बढेर नेप्से परिसुचक १ हजार २५० मा पुगेको छ । मंगलबारदेखि बढ्न थालेको बजार बिहीबारसम्म निरन्तरता पाएको छ । बजार बढेपछि सेयर बजारमा पुरै हरियाली देखिएको छभने लगानीकर्तामा उत्साह थपिएको छ ।

बजार बढेपछि बिहीबार ६१ करोड ९३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सबैभन्दा बढी सेयर कारोबार नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । कम्पनीको प्रतिकित्ता प्रतिकित्ता ९९१ रुपैयाँमा ३ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.