नागरिक लगानी कोषको लाभांशले लगानीकर्तालाई लोभ्यायो, सबैभन्दा बढी सेयर कारोबार

  २०७४ चैत २० गते १५:४२     विकासन्युज

काठमाडौं । नागरिक लगानी कोष लाभांशले लगानीकर्ता लोभ्याएको छ । २३ प्रतिशत लाभांश पाउने आशामा लगानीकर्ता कोषमा झुम्मिएका हुन् । मंगलबार कोषको सबैभन्दा बढी सेयर कारोबार भएको छ ।

आउदो बैशाख ७ गते हुने २२ औं वार्षिक साधारणसभाले २२ प्रतिशत बोनस सेयर र १.१५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्दैछ ।

मंगलबार प्रतिकित्ता २ हजार २ हजार ६५० मा १ करोड २५ लाख ८९ हजार रुपैयाँको सेयर कारोबार भएको छ यस्तै कोषको वित्तीय अवस्था सबल रहेको र राम्रो प्रतिफल पाउने आशामा लगानीकर्ता कोषमा आर्कर्षित भएका हुन् ।
पछिल्लो समयमा कोषको सेयर मूल्य पनि घट्दै गएपछि किन्नेको घुइचो लागेको छ ।

यस्तै स्ट्याण्डर्ड चाटर्ड बैंकको प्रतिकित्ता ८२२ रुपैयाँमा १ करोड ६ लाख ३८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । नविल बैंकको ९४९ रुपैयाँमा १ करोड ५ लाख ६५ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

स्ट्याण्डर्ड र नविलको सेयर मूल्य सस्तो भएपछि लगानीकर्ता भुम्मिएका हुन् । दुबै बैंकको वित्तीय अवस्था सबल भएको, आगामी वर्ष पनि राम्रो प्रतिफल दिने र सेयर मूल्य पनि सस्तो भएकाले लगानीकर्ताको आकर्षण बढेको ब्रोकरको भनाई छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.