३ अर्ब लगानीमा विर्तामोडमा पूर्वाञ्चल क्यान्सर हस्पिटल बन्दै, असोजदेखि सञ्चालनमा आउने

  २०७४ चैत १९ गते १४:५२     पृथराज थेगिम

काठमाडौं । क्यान्सर रोगको उपचारलाई लक्षित गरी निजी लगानीमा पुर्वाञ्चल क्यान्सर हस्पिटल निर्माण सुरु भएको छ । स्थानीय व्यवसायी दुर्गा प्रसाइको लगानीमा झापाको विर्तामोड नगरपालिका ५ मा क्यान्सर हस्पिटल निर्माण सुरु भएको हो । अस्पतालको निर्माण गत माघदेखि सुरु भएको छ । हस्पिटल निर्माणमा ३ अर्ब रुपैयाँ लगानी हुने भएको छ ।

आउदो असोजदेखि सञ्चालनमा आउने हस्पिटलका जनशक्ती प्रमुख प्रमिस गिरीले बताए । उनकाअनुसार हस्पिटल निर्माण दुत गतिमा अघि बढेको छ । यो पूर्वाञ्चलकै पहिलो क्यान्सर हस्पिटल हो ।

क्यान्सर रोगबाट पीडितलाई स्थानीय क्षेत्रमै उपचार गर्ने लक्ष्यकासाथ सम्पूर्ण सरकारी मापदण्ड पूरा गरी हस्पिटलको निर्माण गरिएको उनले बताए । हस्पिटल निर्माणसँगै पूर्वाञ्चलका क्यान्सर पीडितहरु उपचारका लागि भारत जाने गरेकोमा अब स्वदेशमै उपचार गरिने उनले जानकारी दिए ।

हस्पिटलको निर्माण कार्य गएको माघदेखि शुरु भएको हो । अहिले हस्पिटलको वातावरणी प्रभाव मूल्यांकन (इआइए) अध्ययन कार्यका लागि क्षेत्र निर्धारण तथा कार्यसूची तयारीको अध्ययन कार्य अघि बढेको छ । ‘हालसम्म २० प्रतिशत काम सम्पन्न भइसकेको छ,’ आगामी असोजसभित्र हस्पिटल निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखेका छौ ।’ निर्माण कार्य द्रुत गतिमा अघि बढिरहेको छ ।

कम्पनीका जनशक्ती प्रमुख गिरीका अनुसार अस्पतालमा ३ सय वेड संख्या रहने छन् । हस्पिटलमा चिकित्सकलगायत अन्य प्राविधिक गरी ७ सय जनाले रोजगारी पाउने छन् । ओपीटीमा मात्रै दैनिक हजार जना सेवाग्राहीलाई सेवा प्रदान गर्ने अस्पतालको लक्ष्य छ । हस्पिटलबाट क्यान्स उपचारका लागि रेडिएसन, केमो लगायत क्यान्सर सम्बन्धित सम्पूर्ण उपचार हुने गिरीले बताए । नेपाल इन्भारोमेन्ट एन्ड डेभलपमेन्ट कन्सल्ट्यान्टले परामर्शदाताको रुपमा काम गर्दै आएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.