पुँजी बजार संकुचनमा- अर्थमन्त्री

  २०७४ चैत १६ गते १५:४२     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको सेयर बजार सतही हुनुका साथै संकुचित रहेको बताएका छन् ।

शुक्रबार देशको वर्तमान आर्थिक स्थितिको बारेमा श्वेतपत्र जारी गर्दै उनले सो कुरा बताएका हुन् । सेयर बजार निरन्तर गिरावट आइरहेका बेला अर्थमन्त्री खतिवडाले संकुचन हुदै गएको औल्याएका छन् ।

खतिवडाले अर्थतन्त्रमा साधन परिचालन गर्न पुँजी बजार सशक्त माध्यम भएपनि यस्तो बजार हाल धितोपत्रमा मात्र सीमित रहेको बताएका छन् । साथै उनले पुँजी बजारलाई ऋण बजारको रुपमा विकास गर्न नसकिएको स्वीकार पनि गरेका छन् । साथै, अहिले बजार घट्नुमा कर्जा र निक्षेपको ब्याजदर बढ्नु, संस्थागत लगानीकर्ताको संख्या न्युन हुनु र चुक्ता पुँजीमा भएको वृद्धिको कारण सेयर आपुर्ति बढ्नु कारण भएको उनले बताएका छन् ।

अर्थमन्त्रीले लगानीकर्ताको न्युनता, वित्तीय बजारमा लगानीयोग्य पुँजीको अभावले ब्याजदरमा भएको वृद्धि र सेयर आपूर्ति बढ्दा पुँजीबजार घटेको विश्लेषण गरेका छन् । पुँजीबजारमा पारदर्शिताको अभाव, साना लगानीकर्ताको सेयर सम्बन्धित ज्ञानको कमी, सही सूचनाको अभावले गर्दा सेयर बजार ओरालो लागेको खतिवडाको तर्क छ ।

सेयर बजारमा वित्तीय संस्थाको ८१ प्रतिशत, जलविद्युतको ५, उत्पादनमुलक उद्योगको ३ र होटलको २ प्रतिशत हिस्सा रहेको उनले बताएका छन् । पुुँजी परिचालनमा मुख्य भुमिका निर्वाह गरेकोमा केवल धितोपत्रमा मात्र पुँजी बजार केन्द्रीत भएको उनको भनाई छ ।
उनले ठुलो लगानी परिचालन गर्नका लागि संस्थागत र नीतिगत आवश्यकता औल्याएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.