अस्थायी शिक्षकको परीक्षा नसर्ने, अब के गर्छन आन्दोलनकारी विद्यार्थी संगठन ?

  २०७४ चैत १५ गते ९:४२     विकासन्युज

भक्तपुर । शिक्षक सेवा आयोगले अस्थायी शिक्षक व्यवस्थापनका लागि यही चैत २३ गते हुने परीक्षा नरोकिने स्पष्ट पारेको छ । आयोगले पत्रकार सम्मेलन गरि परिक्षा कुनै हालतमा नरोकिने स्पष्ट पारेको हो । आयोगका अध्यक्ष ताना गौतमले परीक्षा अब कुनै हालतमा नसर्ने बताए ।

परीक्षामा कूल २३ हजार २८६ अस्थायी शिक्षक सहभागी हुनेछन् । शिक्षा ऐनको आठौँ संशोधनले गरेको व्यवस्थानुसार १५ हजार ६८९ शिक्षक र नवौंँ संशोधनले पछि थप गरेको सात हजार ५९७ दरबन्दी गरी कूल २२ हजार ७६ पदका लागि परीक्षा हुने भएको छ ।

परीक्षाका लागि देशभरका पाँच जिल्लामा ११६ परीक्षा केन्द्र निर्धारण गरिएको जानकारी दिँदै कानूनले गरेको व्यवस्थानुसार आयोग परीक्षा तयारीमा जुटेको अध्यक्ष गौतमले बताए ।

परीक्षामा झापामा २६, काठमाडौंमा ३०, कास्कीमा ३२, बाँकेमा १७ र कञ्चनपुरमा ११ परीक्षा केन्द्र कायम गरिएको छ । विद्यार्थी संगठनहरुले अस्थायी शिक्षकको परिक्षा रोक्न माग गर्दै आन्दोदन गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.