नेपाल इन्स्योरेन्स कम्पनीको चैत २३ गते बुक क्लोज, शतप्रतिशत हकप्रद निष्कासन गर्दै

  २०७४ चैत १३ गते १६:२९     विकासन्युज

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको आगामी चैत २३ गते बुक क्लोज हुने भएको छ । कम्पनीले सर्वसाधारणलाई शतप्रतिशत(१००) हकप्रद निष्कासन गर्नको लागि उक्त एक दिन बुक क्लोज गर्न लागेको हो ।

कम्पनीले १ः१ को अनुपात अर्थात ३० करोड १९ लाख ८८ हजार रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । बोर्डको अनुमति अनुसार इन्स्योरेन्सले अंकित मूल्य १०० रुपैयाँ बराबरको ३० लाख १९ हजार कित्ता सेयर जारी गर्न लागेको हो ।

चुक्तापुँजी बढाउन कम्पनीले हकप्रद सेयर निष्कासन गर्न लागेको हो । आउँदो असारसम्म कम्पनीलाई चुक्तापूँजी बढाएर १ अर्ब रुपैयाँ पुर्याउन नियामक बीमा समितिले निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.