रेन वाटर हार्भेस्टिङ एण्ड ग्राउन्ड वाटर रिचार्ज योजना हस्तान्तरण

  २०७४ चैत १३ गते ८:१६     विकासन्युज

काठमाडौं । सेन्टर फर इन्टिग्रेटेड अर्वन डेभलपमेन्ट, वाटरएड नेपाल र कोकाकोला फाउन्डेशनले बर्षातमा परेको पानी जम्मा गर्ने प्रणाली (रेन वाटर हार्भेस्टिङ) र जमिन मुनिको पानी रिचार्ज गर्ने प्रविधि (ग्राउन्ड वाटर रिचार्ज) परियोजना रानीवारी सामुदायीक वन उपभोक्ता समितिलाई हस्तान्तरण गरेको छ ।

उक्त योजनाको हस्तान्तरण अर्वन डेभलपमेन्टका निर्देशक पुष्करलाल श्रेष्ठ, वाटरएडका कार्यक्रम निर्देशक कबिन्द्र पुडासैनी र कोकाकोला फाउन्डेशनले हस्तान्तरण गरेका थिए । हस्तान्तरण कार्यक्रम विश्व पानी दिवसको अबसर पारेर सोमबार रानीवारीमा आयोजना गरिएको जनाइएको छ ।

कोकाकोला कम्पनिले पानीको संरक्षण, पानीको बिषयमा सकारात्मक छलफल, पानीको सहि रिचार्ज र पानीका मुहानहरुको एकिकृत ब्यबस्थापन जस्ता बिषयमा काम गर्दै आइरहेको जनाइएको छ । कम्पनीले यस प्रयासले वातावरण परिर्वतन र पानीका स्रोतहरु बचाउन सकारात्मक भूमिका खेल्न सहयोग पुग्ने बताइएको छ ।

रेन वाटर हार्भेस्टिङ र ग्राउन्ड वाटर रिचार्ज प्रणाली एउटा उत्तम प्रणाली रहेको बताइएको छ । जसले मानिसलाई पानीको प्रयोग, बर्षातको पानी संकलन र पानीको बैकल्पीक स्रोतको ब्यवस्थापनको बिषयमा जानकारी गराइएको थियो । जसले उपभोक्तको पानीको बिल कम गर्न, घर वरिपरीको वातावरण संन्तुलन कायम गर्न लगायतमा सहयोग पुग्ने कम्पनीको भनाइ छ । रानीवारी परिसरमा अहिले पनि जंगल संरक्षित एरियामा पर्ने भएकाले त्यहाँका वासिन्दा बढि लाभान्वित भएको बताइएको छ ।

यसअघिका बिभिन्न ठाउँहरुमा भएका योजनाबाट सिक्दै नेपाल सरकार र वाटरएड नेपालसँगको सहकार्यमा कोकाकोला फाउन्डेसनले नयाँ योजनामा ‘रेन वाटर हार्भेस्टिङ फर ग्राउन्ड वाटर रिचार्ज’ कार्यक्रम रानीवारी जंगल क्षेत्रमा थप गरेको हो । यस परियोजनाको मुख्य उद्देश्य जमिन मुनीको पानीको स्तर कम हुँदै गएकाले पानीको सुनिश्चितता कायम गर्नु बताइएको छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.