वैदेशिक रोजगारीमा गएका र स्वरोजगारको पनि संचय कोष हुने

  २०७४ चैत १ गते १७:५७     विकासन्युज

काठमाडौं । कर्मचारी संचय कोषले वैदेशिक रोजगारीमा गएका र नेपालमै स्वरोजगार रहेका नागरिकहरुको पनि सञ्चय कोष गर्ने भएको छ ।

वैदेशिक रोजारीमा जाने र स्वदेशमै आफै रोजगार भएकाको कोष कट्टा सुरु गर्न लागेको हो । यसका लागि कोषले बेग्लै स्वरोजगार संचय कोष गठन गर्न लागेको छ । स्वरोजगार कोष गठनका लागि नीति र कार्यविधि बनाइ सञ्चालक समितिमा पेश भएको छ ।

सञ्चालक समितिबाट पारित भएपछि कार्यन्वयनका लागि अर्थ मन्त्रालयमा पेश गरिने कोषका कामु प्रशासक दीपक रौनियारले बताए । हाल सरकारी तथा निजी संगठित संस्थाका कर्मचारीको मात्र कोष व्यवस्थापन गरिरहेकोमा अब वैदेशिक रोजगारीमा जाने र स्वरोजगार भएका व्यक्तिलाई पनि कोषमा सहभागि गराउन लागेको उनले बताए ।

यसमा अनिवार्य नभई एेच्छिक रुपमा वैदेशिक रोजगारीमा जाने र स्वरोजगार भएका व्यक्ति समावेश हुने छन् । आम्दानीको प्रकृतिअनुसार वार्षिक वा त्रैमाशिक रुपमा कोषमा रकम जम्मा गर्ने व्यवस्था हुनेछ । यसले दीर्घकालमा पेन्सन फण्डको रुपमा काम गर्ने कोषको भनाई छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.