सानिमा ग्रुपले २८५ मेगावाटको माथिल्लो तमोर आयोजना बनाउदै, ६ वर्षमा बिजुली बाल्ने

  २०७४ चैत १ गते ११:१३     विकासन्युज

काठमाडौं । गैरआवासिय नेपाली सानिमा ग्रुपको लगानीमा २८५ मेगावाट क्षमताको माथिल्लो तमोर अद्र्यजलासययुक्त आयोजना निर्माण हुने भएको छ ।

सानिमा ग्रुपअन्र्तगतको तमोर सानिमा इनर्जी प्राइभेट लिमिटेडमार्फत आयोजनाको निर्माण हुन लागेको हो । ऊर्जा मन्त्रालयले तमोर सानिमालाई विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) दिन तयारी थालेको छ । आयोजनाबाट सन् २०२४ को जुनमा बिजुली बाल्ने लक्ष्य लिएको छ ।

आयोजनाबाट उत्पादन हुने बिजुली बिक्रीका लागि नेपाल विद्युत प्राधिकरणसंग खरिद सम्झौता (पीपीए) हुने तयारीमा छ । गैरआवासिय नेपाली र नेपाली बैंकको लगानीमा आयोजना निर्माण हुने मुख्य प्रवद्र्धक सानिमामाई हाइड्रोपावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. सुवर्णदाश श्रेष्ठले बताए । उनका अनुसार पीपीए र लगानी जुटाउने काम भइरहेको छ । “आयोजनालाई लगानीको समस्या छैन, सहजै जुट्ने छ”उनले भने ।

आयोजनाको वातावरणीय प्रभाव मूल्याँकन (ईआईए) वातावरण मन्त्रालयबाट स्वीकृत भइसकेको छ । सरकारबाट विद्युत उत्पादन लाइसेन्स पाएपछि आयोजनाको काम अघि बढ्ने उनले जानकारी दिए ।

आयोजनाको उचाइ ४५० मिटर हुने छ । ५ वटा पेल्ट्रन टर्वाइनबाट बिजुली उत्पादन हुनेछ । विद्युतगृह भुमिगत हुनेछ । आयोजना ताप्लेजुङको फत्ताङलुङ गाउँपालिका छ । विद्युतगृह साविकको लिङखिम गाउँमा पर्छ । आयोजनाबाट उत्पादन हुने बिजुली नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागेको ढुङेसाँघुमा प्रस्तावित प्रसारणलाइनमा जोडिने छ ।

यस्तै सानिमाले ७३ मेगावाट क्षमताको अर्को मध्यतमोर आयोजना निर्माण गर्दैछ । यस्तै २८ मेगावाटको लिखु, ६२ मेगावाटको जुमखोला र १४ मेगावाटको मैलुङखोला आयोजना पनि निर्माण गर्ने भएको छ । लिखु आयोजनाको काम सुरु भइसकेको छ ।
सानिमाले २२ मेगावाटको सानिमामाई, ७ मेगावाटको माइक्यासकेड र २.५ मेगावाटको सुनकोसी साना आयोजना सम्पन्न गरी सञ्चालनमा ल्याइसकेको छ ।

सनिमामाई हाइड्रोपावर लिमिटेडले ११५ मेगावाट क्षमताका ३ जलविद्युत आयोजना निर्माण गर्न १ अर्ब ८ करोड रुपैयाँ लगानी गर्नेछ ।
मध्यतमोर जलविद्युत आयोजनामा ४८ करोड, २८ मेगावाटको लोअर लिखुमा ४५ करोड र १४ मेगावाटको मैलुङखोला जलविद्युत आयोजनामा १५ करोड रुपैयाँ लगानी गर्ने प्रस्ताव पारित गरेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.