२० वर्ष पुराना सवारी हटाउने सरकारको निर्णय व्यवसायीले नमान्ने, राेकावट भए अान्दाेलनकाे चेतावनी

  २०७४ चैत १ गते ९:११     विकासन्युज

काठमाडौं । २० वर्ष पुराना सवारीसाधनमाथि प्रतिवन्ध लगाउने सरकारी निर्णयलाई अवज्ञा गर्ने यातायात व्यवसायीले बताएका छन् ।
यातायात व्यवसायीले सरकारी निर्णयको अवज्ञा गर्ने संकेत गरेका छन् ।

सरकारले बिहीबारदेखि २० वर्ष पुराना सवारीसाधनमाथि प्रतिवन्ध लगाउने जानकारी गराएको छ । पुराना सवारीसाधन सडकमा गुडेको भेटिए जफत गरी कार्वाही अघि बढाउने चेतावनी सरकारले दिएको छ । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले सरकारी निर्णयको अवज्ञा गर्ने बताएका छन् ।

पुराना गाडी हटाउँदा व्यवसायीको अर्बौं रूपैयाँ कवाडीमा जाने भन्दै असन्तुष्ठि जनाएका हुन् । उनले फेरि खर्बौं रूपैंयाँ नया गाडी खर्च हुने भन्दै उनले यी दुवैमा राष्ट्रिय पूँजीको दुरूपयोग हुने दावी समेत गरे ।“सरकारले यी गाडीहरूमा पुनर्विचार गरिनुपर्छ । हामी गाडी यथावत रूपमा चलाउछौं । कहीँकतै रूकावट भए हामी चरणबद्ध आन्दोलन गर्नेछौं” उनले भने “हामी गाडी यथावत रुपमा चलाउछौं। कहीँ कतै रुकावट भए हामी चरणवद्ध आन्दोलन गर्नेछौं

यता लामो अध्ययनपछि सो निर्णय भएको र २० वर्षको अवधिमा एउटा गाडीले लगानी भन्दा धेरै नाफा कमाइसक्ने हुनाले व्यवसायीहरू पीडित नहुने निष्कर्ष यातायात व्यवस्था विभागको छ । देशभर १० लाखको हाराहारीमा सार्वजनिक सवारी साधन रहेको विभागको तथ्यांक छ । नेपालमा २० वर्ष नाघेका गाडीहरूको संख्या झन्डै १० हजार रहेको विभागले जनाएको छ ।

२० वर्ष भन्दा पुराना सार्वजनिक सवारी साधन बिहीवारबाट हटाउने निर्णयलाई कडाइका साथ कार्यान्वयन गर्ने सरकारी अधिकारीहरूले बताएका छन । व्यवसायीहरूले भने सरकारको निर्णयलाई अवैज्ञानिक भन्दै सो निर्णय उल्लंघन गर्ने बताएका छन्।

उनीहरूले यसले हजारौंको रोजगारीमा प्रभावित हुने तथा अर्बौं रूपैयाँको घाटा हुने दाबी गर्दै निर्णय पुनर्विचार गर्न सरकारसंग माग राखेका छन्। देशभर झण्डै १० हजार २० वर्ष नाघेका गाडीहरू सञ्चालनमा रहेको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.