गोरखकाली टायर उद्योगको भविष्य खोज्दै सरकार, ब्युझिँएला त इतिहास

  २०७४ फागुन ३० गते ९:२४     पृथराज थेगिम

काठमाडौं । कुनै समय मुलुकलाई गौरवको रुपमा चिनाउने गोरखकाली रबर उद्योग लिमिटेड सञ्चालनको लागि अध्ययन सुरु गरिएको छ । गोरखास्थित मजुवा देउरालीमा अवस्थित उक्त उद्योग सञ्चालन सम्भावनाको सम्बन्धमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालले एक अध्ययन समिति गठन गरी अध्ययनकार्य सुरु गरेको हो ।

मन्त्रालयको सह–सचिव ऋषिराज कोइरालाको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको छ । माघ अन्तिममा बसेको अर्थ र उद्योग मन्त्रालयको उच्च स्तरिय वैठकले सो उद्योग सञ्चालनको लागि अध्ययन गर्ने निर्णय गरेअनुसार समिति गठन भएको समितिका संयोजक ऋषिराज कोइरालाले बताए । अध्ययन समितिले उद्योग सञ्चालन गर्दा कस्तो उपलब्धि हासिल हुनेछ भन्ने उजागर गर्नेछ । हामीले उद्योगको भविष्य खोज्न लागेका हौं, सञ्चालन गर्दा उपलब्धि के हुन्छ भनेर एकिन तथ्य पत्ता लगाएर सिफरिस गर्नेछौं’, समितिका संयोजक ऋषिराज कोइरालाले भने ।

उनका अनुसार त्यसपछि लगत्तै समिति गठन भएको र हप्तादिन अघि मत्रै समितिको पहिलो वैठक बसेको छ । उक्त वैैठकले केही हप्तभित्रै उद्योग रहेको स्थानमा स्थलगत अध्ययनको लागि टोलि जाने निर्णय गरेको छ । ‘समितिले अध्ययनको काम सुरु गरिसकेको छ,’ उनले भने ‘अबको ४५ दिनभित्र अध्ययन प्रतिवेदन मन्त्रालयलाई बुझाउने छौं ।’

उद्योगलाई पुनः कसरी सञ्चालन गर्न सकिन्छ? हालको उद्योग तथा कर्मचरीको अवस्था कस्तो छ ? बन्दको स्थिति, कर्मचारीको तलब भत्ता लगायत सम्पूर्ण विषयहरुमा अध्ययन गरिने उनको भनाइ छ । उद्योगको लागि उक्त अध्ययन निर्णायक हुने उनको दावी छ ।

गएको साउन चौथो साता उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले सो उद्योग सम्बन्धी राखेको वैठकमा गोरखकाली रबर उद्योग सञ्चालनको सम्बन्धमा टुङ्गो लगाउन नसक्दा बार्षिक १२ करोड रुपैँया विना उपलब्धी खर्च भइरहेको उद्योगका प्रबन्ध निर्देशक दिनेश बर्तौलाले बताएका थिए । त्यसबेला उनले विगत २ वर्षदेखि उद्योग बन्द रहेको बताएका थिए । हाल उद्योगमा करिब २४७ कर्मचारीहरु कार्यरत रहेको उनको भनाइ थियो । ती सबै स्थायी कर्मचारीको तलब भत्ताको लागि कम्पनी बन्द रहेको अवस्थामा पनि मासिक १ करोड रुपैयाँ खर्च भइरहेको उनको भनाइ थियो ।

सरोकार वलाहरुको अनुसार स्थापनाकालदेखिनै चालु पुँजीको अभावको कारणले कम्पनीले नोक्सानीमा बेहोर्न परेको थियो । सरकारी स्तरबाट उद्योग बचाउन चासो दिइएको थिएन । अस्थिर राजनीति तथा समय सापेक्ष प्रविधिहरुको प्रयोग गर्न नसक्दा विदेशी उद्योगहरुसँग प्रतिस्पर्धा गर्न नसकेर उद्योग धरासायी हुन पुगेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.