चार हजार विद्यालयले प्लस टुमा सम्बन्धन पाए, विद्यार्थी संख्या एकिन छैन

  २०७४ फागुन २४ गते १५:१७     राजाराम न्यौपाने

काठमाडौं । शिक्षा विभागले ४ हजार १ सय ३५ वटा सामुदायीक र प्राइभेट विद्यालयलाई प्लस टुमा सम्बन्धन दिएको छ । २०७२ सालमा ३ हजार ६ सय ७३ वटा प्लस टुमा सम्बन्धन पाएका थिए । २०७३ सालमा ९१ वटा नयाँ विद्यालयहरुले सम्बन्धन पाएर प्लस टुमा ३ हजार ७ सय ६४ वटा सामुदायीक र प्राइभेट क्याम्पसले पठन पाठन गरायो । २०७४ सालमा ३ सय ७१ वटा नयाँ विद्यालयहरुले सम्बन्धन पाएर प्लस टुमा ४ हजार १ सय ३५ वटा सामुदायीक र प्राइभेट क्याम्पसहरुले पठ्न पाठन गराइरहेका छन् ।

शिक्षा विभागका सूचना उप–अधिकारी विष्णुप्रसाद अधिकारीका अनुसार सामूदायीक र प्राइभेट क्याम्पसलाई सम्बन्धनमा समान गरिएको छ । कुनै पनि विद्यालयले नयाँ क्याम्पसका लागि सम्बन्धन पाँउनका लागि हिमाली क्षेत्रमा एउटा कक्षामा १५ जना हुनुपर्ने । पहाडमा एउटा कक्षामा २० जना हुनुपर्ने र तराईमा एउटा कक्षामा ३० जना हुनुपर्ने छ । शाैचालय, खेलकुद मैदान, कक्षा कोठा, पिँउने पानी र शिक्षकहरु प्रयाप्त हुनुपर्ने पनि छ ।

उनले भने, ‘प्लस टुमा शिक्षा, मानविकी, व्यवस्थापन र विज्ञान संकाय पढाइ भैरहेका छन् । शिक्षा र मानविकी संकायमा भन्दा पनि व्यवास्थापन र विज्ञान संकायमा विद्याथीको चाप धेरै भएको कारणले पनि शिक्षा र मानवीकी संकायमा भन्दा व्यवस्थापन र विज्ञान संकायमा धेरै सम्बन्धन पाएका छन् । हामीले कुन कुन संकायमा कति विद्यालयले सम्बन्धन लिए भनेर छुट्टाएको छैन । विभागले ग्रामीण क्षेत्रमा धेरैले शिक्षा संकायको मात्रै माग गरेका कारणले पनि मानविकी, व्यवस्थापन र विज्ञान संकायलाई पनि प्रोत्सान गराएको थियौ तर नीतिगत निर्णय भने कुनै त्यस्तो छैन् । ’

हालसम्म सबैभन्दा धेरै काठमाडौं जिल्लाको ४ सय २० वटा विद्यालयले सम्बन्धन लिएको छ भने थोरै मनाङ जिल्लाले २ वटा मात्रै सम्बन्धन लिएको छ । त्यस्तै मुस्ताङ जिल्लाले ३ वटा मात्रै सम्बन्धन लिएको छ । अब संघीयता लागु भए पछि सम्बन्धन स्थानीय निकायले नै दिने अधिकारीले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.