डा. खतिवडालाई पाँच वर्ष अर्थमन्त्री बन्ने बाटो खुल्ला

  २०७४ फागुन २३ गते १८:५७     विकासन्युज

काठमाडौं । डा. युवराज खतिवडालाई पाँच बर्ष अर्थमन्त्री बन्ने बाटो खुल्ला भएको छ । खतिवडासहित रामनारायण विडारी र बीमला पौडेललाई राष्ट्रिय सभा सदस्यमा गरिएको नियुक्त बदरको माग गर्दै सर्वाेच्च अदालतमा मुद्धा परेको थियो । अदालतले तत्कालका लागि सपथ नखुवाउन आदेश दिएको थियो । तर सर्वाेच्च अदालतको पूर्ण फैसालाले उनीहरुको नियुक्तलाई सदर गरिदिएको छ ।

सर्वाेच्च अदालतले सपथ ग्रहण गर्ने बाटो खोलिदिएसँगै खतिवडालाई पाँच बर्ष अर्थमन्त्री बन्ने बाटो खुल्ला भएको हो । अन्यथा आगामी ६ महिना भित्रै खतिवडाको अर्थमन्त्री पद गुम्न सक्ने खतरा थियो ।

संविधानले संघीय संसदको सदस्य नभएको व्यक्तिलाई मन्त्री नियुक्त गरिए ६ महिना भित्र संसद सदस्य बनाईसक्नु पर्ने व्यवस्था गरेको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रियसभा सदस्यका लागि सिफारिस गरेकाहरुको नाम फिर्ता लिएर ओलीले खतिवडासहित विडारी र पौडेललाई सिफारिस गरेको थियो ।

त्यसका विरुद्ध देउवा सरकारले सिफारिस गरेका गोपाल बहादुर बस्नेतले सर्वाेच्च अदालतमा मुद्धा हालेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.